काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ।
मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको महिला टिमलाई ८ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो।
मुम्बईले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन मात्र बनाएपछि मुम्बई ८ रनले विजयी भएको हो।
यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।
आइपिएलको लोकप्रियतापछि भारतीय क्रिकेट बोर्डले शुरु गरेको महिला प्रिमियर लिगको यो तेस्रो सिजन हो। जसमा मुम्बईले २०२३ को पहिलो र यो सिजन गरि दुई उपाधि जितेको छ भने २०२४ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको थियो।
मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सका आलावा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र युपी वारिओर्ज गरी पाँच टिमले सहभागिता जनाएका थिए।