दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

२०८१ चैत्र २, आईतवार ०७:११

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ।

मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको महिला टिमलाई ८ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो।

मुम्बईले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन मात्र बनाएपछि मुम्बई ८ रनले विजयी भएको हो।

यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।

आइपिएलको लोकप्रियतापछि भारतीय क्रिकेट बोर्डले शुरु गरेको महिला प्रिमियर लिगको यो तेस्रो सिजन हो। जसमा मुम्बईले २०२३ को पहिलो र यो सिजन गरि दुई उपाधि जितेको छ भने २०२४ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको थियो।

मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सका आलावा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र युपी वारिओर्ज गरी पाँच टिमले सहभागिता जनाएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy