टि-२० मा मुनरोको अर्को शतक, नयाँ वर्ल्डरेकर्ड कायम

  • विकेटनेपाल, १९ पौष 

वेस्ट इन्डिज बिरुद्ध जारि तेश्रो टि-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्दै न्युजिल्याण्ड क्रिकेटर कोलिन मुनरो टि-२० क्रिकेटमा ३ शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्।

न्युजिल्याण्डमा जारि खेलमा टस जितेर ब्याटिंग गर्ने क्रममा मुनरोले ४७ बलमै शतक पुरा गरेका हुन्। १०४ रनको इनिंग पछि आउट भएका उनले त्यसक्रममा १० छक्का र ३ चौका प्रहार गरेका थिए ।

ओपनिंग ब्याटिंग गर्न आएका उनले पहिलो विकेटको लागि मार्टिन गुप्टिलसंग १३६ रनको बिशाल साझेदारी गरेका थिए। ११.३ ओभरमा साझेदारी टुट्दा गुप्टिल ६३ रन बनाएर आउट भए जुन क्रममा उनले मात्र ३८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। मुनरोले यस भन्दा अघि पनि माउन्ट मौनगाउनी मैदानमै शतक प्रहार गरेका थिए।

टि-२० अन्तर्राष्ट्रियमा हालसम्म कुनै पनि ब्याट्सम्यानले ३ वटा शतक बनाउन सकेका छैनन्। मुनरोले यस अघि बंगलादेशसंग १०१ तथा भारतसंग १०९ रनको इनिंग खेलेका थिए।

वेस्ट इन्डिजसंग जारि सिरिजको पहिलो टि-२० मा न्युजिल्याण्ड ४७ रनले बिजयी भएको थियो भने दोश्रो खेल वर्षाले रद्द भएको थियो। अहिले भइरहेको खेलमा न्युजिल्याण्डले पहिलो इनिंगमा पुरा २० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाई २४३ रनको स्कोर खडा गरेको छ। वेस्ट इन्डिज बलर ब्राथवेट सर्बाधिक २ विकेट लिने क्रममा ४ ओभरमा ५० रन खर्चिएका छन्।

सन् २०१२ मा न्युजिल्याण्डको लागि पहिलो टि-२० खेलेका ३१ बर्षका मुनरोले आईपीएलमा कोलकाता नाइट राइडर्सको लागि खेलीसकेका छन्। यो खेल अघि कुल ३० वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका उनले २८ को औसतले ६९३ रन बनाईसकेका छन्।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने खेलाडीहरुको सुचिमा मुनरो पछि रोहित शर्मा, क्रिस गेल, ब्रेन्डन म्याकलम, ईभान लुइस, कोलिन मुन्रोको नाममा २/२ अन्तर्राष्ट्रिय शतक रहेका छन् ।

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]