पहिलो टि-२०मा पाकिस्तानको लज्जास्पद हार

  • विकेटनेपाल- ८ माघ, सोमबार 

पाकिस्तान बिरुद्ध आजबाट सुरु भएको टि-२० क्रिकेट शृंखलामा न्युजिल्याण्डले जितको सुरुवात गरेको छ। आज भएको पहिलो टि-२० क्रिकेट खेलमा घरेलु टोलि न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले पराजित गर्यो। यस अघि सम्पन्न एकदिवसीय शृंखलामा पाकिस्तान ५-० ले पराजित भएको थियो।

पहिले ब्याटिंग गरेको पाकिस्तानले खराव प्रदर्शन गर्दै मात्र १०५ रन जोड्न सक्यो। उसका बाबर आजमले सर्वाधिक ४१ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। लगातार रुपमा विकेट गुमाएको पाकिस्तानले खेलमा साझेदारी कायम गर्न नसक्दा ठुलो स्कोर बनाउनबाट बन्चित रह्यो।

व्यक्तिगत ४१ रन जोड्ने क्रममा आजमले ४१ बलमा १ चौका र १ छक्का सहित ४१ रननै जोडे। बाबरले एक छेउबाट ब्याटिंग सम्हाल्ने प्रयास गरेपनि अन्य ब्याट्सम्यानले साथ निभाउन विफल रहे। हसन अलिले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

पाकिस्तानलाई न्युन स्कोरमा समेट्ने क्रममा सेठ रान्स र टिम साउदीले समान ३-३ विकेट हात पारे। यस्तै बायाँ हाते स्पिन बलर मिचेल स्यान्ट्नरले २ तथा अनारु किचेन र कोलिन मुन्रोले समान १-१ विकेट हात पारे।


जवाफमा ब्याटिंग गर्न उत्रिएको न्युजिल्याण्डले १५.५ ओभरमा ३ विकेट गुमाउँदा लक्ष्य भेट्टायो। उसका लागि कोलिन मुन्रोले अविजित ४९ तथा टम ब्रुसले २६ रनको योगदान गरे। मात्र ४३ बल खेलेका मुन्रोले ३ चौका र २ छक्का प्रहार गरे। यस्तै ब्रुसले भने २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

पाकिस्तानका हसन अलि, रुम्मन रईस र मोहम्मद आमिरले १-१ विकेट लिन बाहेक अन्य बलर सफल रहेनन्।

खेलको म्यान अफ दि म्याच कोलिन मुन्रो घोषित भए। दुई टिम बीच दोश्रो टि-२० जनवरी २५ मा तथा तेश्रो टि-२० जनवरी २८ मा खेलिनेछ।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]