पहिलो टि-२०मा पाकिस्तानको लज्जास्पद हार

२०७४ माघ ८, सोमबार १९:१५

  • विकेटनेपाल- ८ माघ, सोमबार 

पाकिस्तान बिरुद्ध आजबाट सुरु भएको टि-२० क्रिकेट शृंखलामा न्युजिल्याण्डले जितको सुरुवात गरेको छ। आज भएको पहिलो टि-२० क्रिकेट खेलमा घरेलु टोलि न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले पराजित गर्यो। यस अघि सम्पन्न एकदिवसीय शृंखलामा पाकिस्तान ५-० ले पराजित भएको थियो।

पहिले ब्याटिंग गरेको पाकिस्तानले खराव प्रदर्शन गर्दै मात्र १०५ रन जोड्न सक्यो। उसका बाबर आजमले सर्वाधिक ४१ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। लगातार रुपमा विकेट गुमाएको पाकिस्तानले खेलमा साझेदारी कायम गर्न नसक्दा ठुलो स्कोर बनाउनबाट बन्चित रह्यो।

व्यक्तिगत ४१ रन जोड्ने क्रममा आजमले ४१ बलमा १ चौका र १ छक्का सहित ४१ रननै जोडे। बाबरले एक छेउबाट ब्याटिंग सम्हाल्ने प्रयास गरेपनि अन्य ब्याट्सम्यानले साथ निभाउन विफल रहे। हसन अलिले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

पाकिस्तानलाई न्युन स्कोरमा समेट्ने क्रममा सेठ रान्स र टिम साउदीले समान ३-३ विकेट हात पारे। यस्तै बायाँ हाते स्पिन बलर मिचेल स्यान्ट्नरले २ तथा अनारु किचेन र कोलिन मुन्रोले समान १-१ विकेट हात पारे।


जवाफमा ब्याटिंग गर्न उत्रिएको न्युजिल्याण्डले १५.५ ओभरमा ३ विकेट गुमाउँदा लक्ष्य भेट्टायो। उसका लागि कोलिन मुन्रोले अविजित ४९ तथा टम ब्रुसले २६ रनको योगदान गरे। मात्र ४३ बल खेलेका मुन्रोले ३ चौका र २ छक्का प्रहार गरे। यस्तै ब्रुसले भने २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

पाकिस्तानका हसन अलि, रुम्मन रईस र मोहम्मद आमिरले १-१ विकेट लिन बाहेक अन्य बलर सफल रहेनन्।

खेलको म्यान अफ दि म्याच कोलिन मुन्रो घोषित भए। दुई टिम बीच दोश्रो टि-२० जनवरी २५ मा तथा तेश्रो टि-२० जनवरी २८ मा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy