नामिबियाविरुद्ध नेपाललाई जितको दबाब

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार नेपालले नामिबियाविरुद्ध जितको दबाबसहित मैदान उत्रिने छ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १२स्४५ बजे हुने तय छ। नेपाललले प्रतियोगिताको पहिलो खेलमा नामिबियालाई ६ विकेटको जित सुम्पिएको थियो।

यद्यपि, दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले प्रतियोगितामा पुनरागमन गर्ने संकेत देखायो।

तीन खेल बाँकी रहँदा नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको कारण नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy