नामिबियाविरुद्ध नेपाललाई जितको दबाब
, २०८१ फाल्गुन २८, बुधबार ०९:४७
काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार नेपालले नामिबियाविरुद्ध जितको दबाबसहित मैदान उत्रिने छ।
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १२स्४५ बजे हुने तय छ। नेपाललले प्रतियोगिताको पहिलो खेलमा नामिबियालाई ६ विकेटको जित सुम्पिएको थियो।
यद्यपि, दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले प्रतियोगितामा पुनरागमन गर्ने संकेत देखायो।
तीन खेल बाँकी रहँदा नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको कारण नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ।
थप समाचार
महिला क्रिकेट
नेपाल र हङकङबीचको खेल रद्द
काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]
घरेलु क्रिकेट ( पुरुष )
पीएम कप : लुम्बिनी र एपिएफ विजयी
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]
महिला क्रिकेट
नेपाल र हङकङ भिड्दै
काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]
घरेलु क्रिकेट
मधेश प्रदेशलाई आइजिपी कपको उपाधि
काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]