नामिबियाले जित्यो डिभिजन-२ , उत्कृस्ट ४ देशलाई ओडीआई मान्यता, नेपाल सहित ७ देशले बिश्व कप लिग-२ खेल्ने

  • विकेटनेपाल, बैशाख-१४ , शनिवार 

ओमानलाई विशाल अन्तरले पराजित गर्दै नामिबियाले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेको छ।  फाइनल खेलले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

नामिबियामा सम्पन्न प्रतियोगितामा घरेलु टिमले उपाधि जित्ने क्रममा टस जितेर ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २२६ रनको योगफल तयार गरेको थियो। २२८ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले कमजोर ब्याटिंग गर्ने क्रममा २९ ओभरमा ८१ रनमा सम्पूर्ण विकेट गुमायो। नामिबियाले १४५ रनको विशाल अन्तरले खेल जित्यो।

नामिबियाको जितमा ज्यान फ्रीलिंकले उत्कृस्ट बलिंग गर्दै ५ विकेट ( ८-१-१३-५ ) तथा जोनाथन स्मितले ३ विकेट ( ५-०-२१-३ ) लिए। ब्याटिंगमा कार्ल बिरकेन्सटकले सर्वाधिक ६१ रन बनाए।

प्रतियोगिताको लिग चरणमा भने ओमानले ५ मध्ये ४ खेलमा जित हाँसिल गर्दै ८ अंक सहित समुहको पहिलो स्थानमा थियो। यस्तै नामिबिया दोश्रो र अमेरिका तेश्रो स्थानमा रहेको थियो। चौथो स्थानमा पपुवा नी गिनी र पाँचौ स्थानमा हंगकंग रहेको थियो।

पपुवा न्यु गिनी तेश्रो, क्यानडा पाँचौ

आजै सम्पन्न तेश्रो स्थानको लागि भएको खेलमा अमेरिकालाई पपुवा न्यु गिनीले ५ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गरेको अमेरिकाले १६४ रन बनाएपछि १६५ रनको लक्ष्य पपुवा न्यु गिनीले ३३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। जितमा नर्मन भानुवाले ४ विकेट लिए भने ब्याटिंगमा लेगा सियाकाले ६२ रन बनाए।

अमेरिका र पपुवा न्यु गिनी बीचको खेलले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

आजै सम्पन्न पाँचौ स्थानको लागि भएको खेलमा क्यानडाले हंगकंगलाई ५ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गरेको हंगकंगले ११३ रन मात्रै बनाउन सकेपछि ११४ रनको लक्ष्य क्यानडाले १६.५ ओभरमा ५ विकेट मात्रै गुमाएर पुरा गर्यो। जितमा क्यानडाका बलर साद बिन जाफरले ४ विकेट लिए भने प्लेयर अफ द म्याच चुनिएका हिराल पटेलले ५० रन र २ विकेट समेत लिए।

४ देशलाई एकदिवसीय अन्तर्रास्ट्रिय मान्यता 

प्रतियोगिताको लिग चरणमा ६ टिम मध्ये उत्कृस्ट ४ टिमले एकदिवसीय अन्तर्राष्ट्रिय रास्ट्रको मान्यता पाएका छन्। लिग चरणमा ओमान पहिलो, नामिबिया दोश्रो , अमेरिका तेश्रो र पपुवा न्यु गिनी चौथो स्थानमा रह्यो र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो। यस अघि गत वर्ष जिम्बाबेमा आयोजित विश्वकप छनौट प्रतियोगिताबाट नेपाल, युएई र स्कटल्याण्डले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

एकदिवसीय मान्यता प्राप्त २० देशहरु – इंग्ल्याण्ड, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान, वेस्ट इन्डिज, श्रीलंका, जिम्बाबे, बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, नेपाल, युएई, नामिबिया, पपुवा न्यु गिनी, अमेरिका र ओमान

यस्तो छ अब विश्वकप खेल्ने बाटो, नेपालले बिश्वकप लिग-२ खेल्ने 

आईसीसीले डिभिजन-२ को उत्कृस्ट ४ लाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिएपछि अब यी ४ देशले नेपाल, स्कटल्याण्ड र युएई सम्मेलित हुने आईसीसी बिश्व कप लिग -२ खेल्नेछ। क्यानडा र हंगकंगले भने आईसीसी क्रिकेट विश्व कप च्यालेन्ज लिग खेल्नेछ।

७ राष्ट्र सम्मेलित आईसीसी विश्व कप लिग-२ प्रतियोगिता जुलाई २०१९ देखि २०२१ सम्म संचालन हुनेछ। प्रतियोगितामा एउटा टिमले कुल ३६ खेल खेल्नेछ भने कुल १२६ खेल हुनेछ। ७ टिम मध्ये उत्कृस्ट ३ टिमले सन् २०२२ मा आयोजना हुने आईसीसी बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। तल्लो स्थानमा रहे ४ टिमले भने बिश्वकप छनौट प्ले-अफ खेल्न पाउनेछ जुन प्रतियोगितामा उत्कृस्ट २ भए बिश्वकप २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

२०२३ को एकदिवसीय बिश्वकपमा कुल १० टिमले मात्र सहभागिता जनाउने आईसीसीले घोषणा गरिसकेको छ।

१२ टेस्ट राष्ट्र सहित नेदरल्याण्डले सन् २०२० देखि २०२२ को बीचमा एक अर्का बीच कुल १५६ वटा खेल खेल्नेछन्। आईसीसी पुरुष विश्वकप सुपर लिग नामकरण गरिएको प्रतियोगिताबाट उत्कृस्ट ८ टिम सिधै २०२३ को एकदिवसीय बिश्वकप खेल्न छनौट हुनेछ।

बिश्वकप सुपर लिगबाट सिधै छनौट हुन असफल ५ टिमले २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्नेछ। २०२२ विश्वकप छनौटमा नेपाल सहभागी आईसीसी बिश्व कप लिग-२ बाट आएका ३ टिम तथा बिश्वकप छनौट प्लेअफबाट आएका २ टिम समेत गरि कुल १० टिम खेल्नेछन्। जसबाट उत्कृस्ट २ टिमले २०२३ को पुरुष एकदिवसीय विश्वकप खेल्नेछ।

नेपाल छनौट होला त २०२३ एकदिवसीय विश्वकप ?





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]