हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं । युगाण्डामा जारी वुमेन्स डे कप टी-२० आई सिरिजमा नेपालले हङकङविरुद्ध ६ विकेटले जित हात पारेको छ।

जितसँगै फाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सिरिजमा यसअघि खेलेका ६ मध्ये ४ खेलमा हार बेहोरे र २ खेलमा जित हासिल गरेको छ।

यसअघि हङकङले नेपालविरुद्धको पहिलो खेलमा भने २ रनको जित निकालेको थियो।

हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाए लक्ष्य पूरा गर्यो।

नेपालको जितमा ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रनको पारी खेलिन्। पूजामहतो २० तथाकप्तानइन्दुबर्मा १८ रनबनाइन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]