नेपालको विजयी सुरुआत

काठमाडौँ । आईसीसी यु१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुआत गरेको छ। नेपालले युएईलाई डिएलएस मेथडमा ५ रनले पराजित गरेकाे हाे।

तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई ३६ ओभरमा १७१ रन बनाएपछि खेल राेकिएकाे हाे।

युएईका लागि याइन किरन राईले शतकीय पारी खेले। उनी १०४ रनमा अविजित रहे।

यस्तै, महोमद रायन खानले ३५ रन बनाउँदा करन धिमानले १५ रन बनाए।

त्यसअघि नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएकाे थियाे। नेपालका लागि कप्तान नरेन भट्टले ६७ रनको कप्तानी पारी खेले ७५ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे।

यस्तै, दिलशाद अलिले ३४, ओजनर साहिल पट्टेलले ३२ रन बनाउँदा अर्का ओपनर निराज कुमार यादबले १८ रन बनाए।

यता युएईका लागि उदिस सुरी ३, युग शर्मा र सालोम डिसुजाले समान २ विकेट हात परे।

यस्तै आजै भएकाे अर्काे खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले पराजित गर्याे।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]