नेपालको विजयी सुरुआत

काठमाडौँ । आईसीसी यु१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुआत गरेको छ। नेपालले युएईलाई डिएलएस मेथडमा ५ रनले पराजित गरेकाे हाे।

तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई ३६ ओभरमा १७१ रन बनाएपछि खेल राेकिएकाे हाे।

युएईका लागि याइन किरन राईले शतकीय पारी खेले। उनी १०४ रनमा अविजित रहे।

यस्तै, महोमद रायन खानले ३५ रन बनाउँदा करन धिमानले १५ रन बनाए।

त्यसअघि नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएकाे थियाे। नेपालका लागि कप्तान नरेन भट्टले ६७ रनको कप्तानी पारी खेले ७५ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे।

यस्तै, दिलशाद अलिले ३४, ओजनर साहिल पट्टेलले ३२ रन बनाउँदा अर्का ओपनर निराज कुमार यादबले १८ रन बनाए।

यता युएईका लागि उदिस सुरी ३, युग शर्मा र सालोम डिसुजाले समान २ विकेट हात परे।

यस्तै आजै भएकाे अर्काे खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले पराजित गर्याे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy