नेपाल ३४ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ। स्कटल्यान्डले नेपाललाई ३४ रनले पराजित गरेको हो।

स्कटल्यान्डले प्रस्तुत गरेकाे १९४ रनको लक्ष्य पछाएको नेपालले १८=५ ओभरमा अल आउट हुँदै १५९ रन मात्र बनाउन सक्याे।

नेपालका लागि रुपेश सिंहले अविजित ४३ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३४, कप्तान रोहित पौडेलले २७, आसिफ सेखले १४, भीम सार्कीले १२ रन बनाए।

बलिङमा स्कटल्यान्डका क्रिस ग्रिभ्सले सर्वाधिक ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले २७ रन खर्चिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनाएको थियो।

स्कटल्यान्डका लागि जर्ज मुनसीले सर्बाधिक ७८ रन बनाएका थिए भने ब्राण्डन म्याकुलनले ४२ रन बनाएका थिए। त्यस्तै माइकल लिस्कले अविजित २६ रन बनाए भने म्याथ्यु क्रसले १७ रन बनाएका थिए।

नेपालका कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजबंशी र सन्दीप लामिछानेले एक एक विकेट लिए।

याेसँगै नेपालले मध्यम प्रदर्शन गर्दै सिरिज सक्काएको छ। घरेलु टोली र नेदरल्यान्ड्सविरुद्ध समान १ खेलमा जित हात पार्दा समान १ खेलमा हार बेहोर्नुपर्‍यो।

सिरिजमा सहभागी ३ वटै टोलीले समान २ जित हात पारे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy