सुपर ओभरमा अमेरिका पराजित, दबाबमा सोमपालले उत्कृस्ट प्रदर्शन गर्दा नेपालले जित्यो सिरिज

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजको दोश्रो खेलमा घरेलु टोलिलाई सुपर ओभरमा पराजित गर्दै एक खेल अगावै सिरिज २-० ले जितेको छ। अमेरिका विरुद्ध नेपालको यो पहिलो अन्तर्राष्ट्रिय सिरिज हो जसमा नेपालले ऐतिहासिक सिरिज जित दर्ता गरेको छ।  सिरिजको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो। सिरिजको अन्तिम खेल सोमबार हुनेछ।

डलास स्थित ग्राण्ड प्रेरिमा नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा के भयो : सुपर ओभरमा पहिले ब्याटिंग गरेको अमेरिकाले मात्र २ रन बनायो। सुपर ओभरको पहिलो २ बलमा २ रन दिएका सोमपाल कामिले त्यसपछि दुई बलमा शयान जहाँगिरलाई बोल्ड र आरोन जोन्सलाई क्याच आउट पारेका हुन्। आन्द्रिस गाउस १ रनमा अविजित रहे।

मात्र ३ रनको लक्ष्य नेपालले दुई बलमा पुरा गर्यो। सौरभ नेत्रभाल्करको बलमा कप्तान रोहित पौडेलले पहिलो बलमा १ रन दिए भने दोश्रो बलमा कुशल भुर्तेलले १ रन लिए। तेश्रो बलमा रोहितले रन बनाउन सकेनन् भने चौंथो बलमा १ रन लिंदै नेपाललाई जित दिलाए।

यस अघि लक्ष्य पछ्याउने क्रममा एक समय १३३ रनमा मात्र ३ विकेट गुमाएको अवस्थाबाट नेपालले खेलमा शानदार पुनरागमन गर्दै खेल टाई गर्न सफल भयो।

अन्तिम ओभरमा अमेरिकालाई जितको लागि मात्र ७ रन आवस्यक हुँदा सोमपाल कामिले मात्र ६ रन खर्चिएका थिए। अन्तिम ३ बलमा जित्न ३ रन आवस्यक हुँदा चौंथो बलमा आन्द्रिस गाउसलाई क्याच आउट पार्दा अमेरिका दबाबमा आयो। पाँचौ खेलमा अलि खानले १ रन लिंदा अन्तिम बलमा अमेरिकालाई जित्न २ रन आवस्यक रह्यो। अनितम बलमा जस्दिप सिंहले १ रन पुरा गरेपछि दोश्रो रन लिने क्रममा दिपेन्द्र ऐरीबाट रन आउट हुन पुगे।

अमेरिकाको ब्याटिंगमा आन्द्रिस गाउसले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै ओपनर साइतेजा मुक्कामालाले ४७ रन बनाए जुन क्रममा २१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। मिलिंद कुमारले १५ तथा शयां जहाँगिरले १४ रन बनाए।

नेपालको बलिंगमा करन केसीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३५ रन बनाए। सोमपाल कामिले २ तथा सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो।

नेपालको लागि लयमा फर्किएका कुशल भुर्तेलले सर्वाधिक योगदान दिने क्रममा सर्वाधिक ९२ रन बनाए जुन क्रममा ५४ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। अन्तिम पटक १६ खेल अघि पपुवा न्यु गिनी विरुद्ध यो वर्ष मार्चमा अर्धशतक बनाएका भुर्तेलको यो ५२ खेलमा नवौं टि-ट्वान्टी अन्तर्राष्ट्रिय अर्धशतक हो।

अन्तिम पटक १६ खेल अघि पपुवा न्यु गिनी विरुद्ध यो वर्ष मार्चमा अर्धशतक बनाएका भुर्तेलको यो ५२ खेलमा नवौं टि-ट्वान्टी अन्तर्राष्ट्रिय अर्धशतक हो। 

भुर्तेल बाहेक अन्य ब्याटरले भने ठूलो स्कोर गर्न सकेनन्। ओपनर अनिल शाहले ३१ बलमा २ चौका र १ छक्का मद्दतले २५ रन बनाए। गुल्सन झाले १२ बलमा २ चौका र १ छक्का मद्दतले १९ तथा कप्तान रोहित पौडेलले १४ बलमा २ चौका मद्दतले १८ रन बनाए। आसिफ शेख १, दिपेन्द्र ऐरी २, आरिफ शेख १ रन बनाएर आउट हुँदा करन केसीले १ बलमा १ छक्क मद्दतले अविजित ६ रन बनाए।

ओपनर आसिफ शेख तेश्रो ओभरमा आउट भएपछि भुर्तेलले अनिल शाहसंग दोश्रो विकेटको लागि ४९ रनको साझेदारी गरे। त्यसपछि अर्को किनारमा नियमित अन्तरमा विकेट गुमेता पनि भुर्तेलले

अमेरिकाको बलिंगमा जस्दिप सिंह र नोस्थुश केन्जिगेले २/२ विकेट तथा सौरभ नेत्रभाल्करले १ विकेट लिए।





थप समाचार

बिपी कोइराला स्मृति कप : नेक्सस रुपन्देही र भारतको लाइफ केयर क्रिकेट क्लव विजयी 

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत पहिलो दिन […]

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]