युगान्डामा रोकिएन नेपालको पराजयको श्रृङखला, ५१ रनमै आलआउट

२०८१ फाल्गुन २९, बिहीबार २०:२१

काठमाडौं । नेपाली महिला क्रिकेट टिम युगान्डामा जारी टी–२० क्रिकेट सिरिजमा फेरि पराजित भएको छ।

यो हारसँगै नेपाल एक खेलअगावै फाइनल दौडबाट बाहिरिएको छ । बिहीबार आयोजक युगान्डासँग ४० रनले पराजित हुँदै नेपाल फाइनल दौडबाट एक खेलअगावै बाहिरिएको हो ।

युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभरमा ५१ रनमै अलआउट भयो । नेपालका लागि कवित जोशीले १२ तथा कप्तान इन्दु बर्माले ११ रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो ।

उसका लागि रीता मुसमलीले ४८ बलमा सर्वाधिक ३८ रन बनाइन् । नेपालका लागि बलिङमा युवा स्पिनर रिया शर्माले दुई विकेट लिइन् । यस्तै, पूजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीको नाममा १/१  विकेट रह्यो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy