युगान्डामा रोकिएन नेपालको पराजयको श्रृङखला, ५१ रनमै आलआउट

काठमाडौं । नेपाली महिला क्रिकेट टिम युगान्डामा जारी टी–२० क्रिकेट सिरिजमा फेरि पराजित भएको छ।

यो हारसँगै नेपाल एक खेलअगावै फाइनल दौडबाट बाहिरिएको छ । बिहीबार आयोजक युगान्डासँग ४० रनले पराजित हुँदै नेपाल फाइनल दौडबाट एक खेलअगावै बाहिरिएको हो ।

युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभरमा ५१ रनमै अलआउट भयो । नेपालका लागि कवित जोशीले १२ तथा कप्तान इन्दु बर्माले ११ रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो ।

उसका लागि रीता मुसमलीले ४८ बलमा सर्वाधिक ३८ रन बनाइन् । नेपालका लागि बलिङमा युवा स्पिनर रिया शर्माले दुई विकेट लिइन् । यस्तै, पूजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीको नाममा १/१  विकेट रह्यो ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]