नेपालको पहिलो खेल बंगलादेशसंग : नेत्रहीन बिश्वकप

  • विकेटनेपाल, पौष १९ – बुधबार

पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना हुने नेत्रहीन एकदिवसीय बिश्वकपमा नेपालले आफ्नो पहिलो बंगलादेशसंग खेल्नेछ।

नेपाल सहित पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया गरि ६ रास्ट्रको सहभागिता रहने प्रतियोगिता जनवरी ८ ( पुष २४ ) देखि सुरु हुँदैछ।

पहिलो खेलमा नेपालले जनवरी ८ तारिकमा पाकिस्तानको लाहोरमा बंगलादेशको सामना गर्नेछ, दोश्रो खेल ९ जनवरीमा भारतसंग पाकिस्तानकै फैसलाबादमा, तेश्रो खेल १० जनवरीमा पाकिस्तानसंग गुज्रनवाला पाकिस्तानमा, चौथो खेल ११ जनवरीमा अस्ट्रेलियासंग दुबईको अजमनमा तथा पाँचौ तथा लिगको अन्तिम खेल १५ जनवरीमा श्रीलंकासंग दुबईको अजमनमा खेल्ने कार्यक्रम रहेको छ। ६ टिमबाट अंक तालिकाको शिर्ष ४ भित्रमा रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ। दुवै सेमीफाइनल खेल दुबईमा आयोजना हुनेछ भने फाइनल खेल २१ जनवरीमा पाकिस्तानको गद्दाफी स्टेडियममा हुनेछ।

प्रतियोगितामा सहभागी हुन नेपाली टिम मंगलबार पाकिस्तान प्रस्थान गरिसकेको छ। बजेट अभावका कारण कारण टिम ४ दिन रेल यात्रा गर्दै पाकिस्तान पुग्नेछ। हवाईजहाजको टिकट किन्ने बजेट नभएका कारण टिम रेलबाटै पाकिस्तान पुग्नेछ। ४ दिल रेल यात्रा पछि नेपाली टिम पहिलो खेल खेल्ने २ दिन अघि ( पौष २२ ) पाकिस्तान पुग्नेछ।

प्रतियोगितामा सहभागी हुने १४ सदस्यीय नेपाली टिमको कप्तानी कृतन श्रेष्ठले गर्नेछन्। टिमको प्रशिक्षण रिजन प्रजुले गर्नेछन्।

https://www.facebook.com/PakBlindCricket/videos/1959870410696062/

नेपालको बिश्वकप इतिहास 

नेपालले सन् २०१२ र २०१७ गरि २ पटक टि-२० बिश्वकप मा सहभागिता जनाईसकेको छ। एकदिवसीय बिश्वकपमा भने नेपालको सहभागिता पहिलो पटक हो। नेपाल टि-२० बिश्व कपको दुवै संस्करणको पहिलो चरणबाटै बाहिरिएको थियो।

गत बर्ष भारतमा सम्पन्न टि-२० बिश्वकपमा नेपालले न्युजिल्याण्ड र दक्षिण अफ्रीकालाई पराजित गरेको थियो। सो बिश्वकपमा नेपाली खेलाडी पदम बडेलले न्युजिल्याण्डबिरुद्ध दोहोरो शतक प्रहार गरेका थिए । उक्त दोहोरो शतक दृस्टीबिहिन क्रिकेटको इतिहासकै पहिलो दोहोरो शतक थियो ।

सन् १९९६ देखि आयोजना थालिएको एकदिवसीय बिश्वकपको प्रथम संस्करणको उपाधि दक्षिण अफ्रीकाले जितेको थियो भने त्यसपछि सन् २००२ र २०१४ को उपाधि भारतले तथा सन् २००६ को उपाधि पाकिस्तानले जितेको थियो।

सम्बन्धित समाचार – 





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]