किर्तनको कप्तानी इनिंगले जोगिएन हार

Nepal Blind Cricket Team
  • विकेटनेपाल, २६ पौष – बुधबार  – अनील मल्ल ठकुरी, लाहोर ।

नेपालले पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । फैसलावादस्थित एकबल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो ।

खराब ब्याटिङ सुरुवातको बाबजुत नेपालका मध्यक्रम ब्याट्सम्यानहरुले जिम्मेवारी सम्हाल्दै लक्ष्य रक्षा गर्ने स्थितीसम्म पुर्याएका थिए ।  नेपाली बलरले सुरुवाती लय देखाए पनि त्यसलाई निरन्तरता दिन सकेनन् ।

टस हारेर नेपालले प्रस्तुत गरेको २३५ रनको लक्ष्य बंगलादेशले ३३.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। महमुद रशिदले अविजित ६० रनको पारी खेल्दै बंगलादेशलाई जित दिलाए । उनी म्यान अफ दी म्याचसमेत घोषित भए।

स्कोरकार्ड , अंकतालिका 

 

 

किर्तन श्रेष्ठ

रशिदले असिकर रहमानसँग छैटौँ विकेटको लागि ९१ रनको बलियो साझेदारी गर्दै बंगलादेशको जितको आधार तय गरे । दुर्गादत्त पौडेलको बलमा बोल्ट आउट हुनुअघि रहमानले ४५ रनको महत्वपुर्ण योगदान दिए । बंगलादेशको २०.२ ओभरमा १२३ रनमा ५ विकेट गुमिसकेको अवस्थामा रहमान र रशिदले पारी सम्हाले । नेपालका बलरले उत्कृष्ट सुरुआत गरे पनि लयमा निरन्तरता दिन नसक्दा खेल आफ्नो हातबाट फुस्काएका थिए ।

ओपनर अब्दुल मल्लीकले ३८ रन र अब्दुल्लाह जोब्बीरले २६ रनको योगदान दिए । नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याएको बंगलादेशको खराब सुरुआत गरेको थियो । उसका ओपनर अरिफ उल्लाहलाई ४ रनमै नेपालका बलर खिमानन्द गैरले क्लिन बोल्ड सुरुआत झड्का दिए ।

चौथो ओभरमा बंगलादेशका कप्तान तान्जिलुर रहमान ६ रनमा आउट भए । तर, त्यसपछिका ब्याट्सम्यानले पारी सम्हाले । नेपालको बलिङमा भरत थापाले २ तथा दुर्गादत्त, खिमानन्द गैरे र कप्तान किर्तन श्रेष्ठले १–१ विकेट निकाले पनि जित दिलाउन सकेनन् । नेपालका बलरले ३३ अतिरिक्त रन खर्चिए ।

कप्तान किर्तन श्रेष्ठ खेलको भ्यालुएबल खेलाडी घोषित भए

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर नै खेल्दै ९ विकेटको क्षतिमा २ सय ३४ रनको योगफल तयार पारेको थियो । खराब सुरुआत गरेको नेपालले सम्हालिन नपाउँदै लगातार विकेट गुमाएको थियो ।

एक समय नेपालको खातामा ७२ रन हुँदा ६ विकेट गुमिसकेको थियो । तर, सातौँ विकेटका लागि खिमानन्द र कप्तान किर्तनले १ सय ९ रनको बलियो साझेदारी गर्दै नेपालको पारी उकासेका थिए । हिट विकेट हुनुअघि खिमानन्दले ३४ रन बटुले।

किर्तन श्रेष्ठ दुवालले अर्धशतकीय इनिंग खेले

३७ ओभरमा किर्तन पनि ३ चौकाको मद्दतले ६६ रनमा आउट भए। आक्रमक ब्याटिङ गरेका पदम बडेला पनि ३० रनमा रनआउटको शिकार भएपछि रनरेटमा खस्किएको थियो । बंगलादेशको बलिङमा खुर्सिद आलमले ३ विकेट लिँदै नेपालको पारी ध्वस्त पारे । अरिफ उल्लाहले २ तथा तान्जिलुर रहमानले १ विकेट लिए ।

स्कोरकार्ड , अंकतालिका 

नेपालले अब १३ जनवरीमा श्रीलंकासँग दुबईको अजमानमा तेस्रो खेल खेल्नेछ । ६ देश सहभागि राउन्ड रोविन लिगको आधारमा हुने विश्वकपमा लगातार दोस्रो हारसँग नेपालको सेमिफाइनलमा यात्रा कठिन भएको छ । बंगलादेशले २ खेलमा १ जित निकाल्दै अन्तिम ४ भित्र पर्ने सम्भावना बलियो बनाएको छ । लिगमा भारत र पाकिस्तानले २ जित निकालिसकेका छन् ।

( फोटोहरु – अनिल मल्ल ठकुरी )





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]