थाईल्याण्ड ४६ मै अलआउट, नेपालको बिशाल जित

२०७४ मंसिर २५, सोमबार ०८:१२

  • विकेटनेपाल, २५ मङ्सिर – सोमबार 

यु-१६ इस्टर्न रिजन प्रतियोगिताको पहिलो खेलमा नेपाली क्रिकेट टिमले आयोजक थाईल्याण्ड माथि १३३ रनको बिशाल जित दर्ता गरेको छ। स्कोरकार्ड 

टेर्ड थाई मैदानमा टस जितेको नेपालले पहिले ब्याटिंग गर्दै दिएको १८० रनको लक्ष पछ्याउने क्रममा थाईल्याण्ड मात्र ४६ रनमै अलआउट हुनपुगेपछि नेपालले प्रतियोगिताको शानदार सुरुवात गरेको हो।

घरेलु टोलिलाई सस्तोमा सिमित गर्न नेपाली ओपनिंग बलर नारायण जोशी एक्लैले ५ विकेट हात पारेका थिए। ७ ओभर बलिंग गरेका उनले मात्र १७ रन खर्चिए। यस्तै सुर्य तामांगले २ तथा निखिल सिंह र बिशाल बिक्रम केसीले पनि १/१ विकेट आफ्नो नाम गरे।

थाईल्याण्डले पहिलो ४ विकेट ४ रनको योगफलमै गुमाएको थियो भने २२ रन बनाउदा ९ विकेट गुमाईसकेको थियो। अन्तिम विकेटको लागि योडसक र चाटवोंगले २३ रनको साझेदारी गरेपछि उसले १९.३ ओभर ब्याटिंग गरेको थियो। योडसक ७ रनमा अविजित रहे भने चाटवोंगले ११ रन बनाए।

यस अघि नेपालले ३४.३ ओभरमा सम्पूर्ण विकेट गुमाई १७९ रन बनाएको थियो ।

म्यान अफ द म्याच नारायण जोशी

नेपालको लागि तृतराज दासले सर्बाधिक ३९ रनको योगदान दिए जुन क्रममा उनले ५६ बलमा ४ चौका प्रहार गरेका थिए। यस्तै कुशल मल्लले २४, सुनिल भण्डारीले २३, राजन मगरले १७ तथा कप्तान रित गौतमले १६ रन योगदान दिए।

थाई बलर कोकिएट चाटवोंगले सर्बाधिक ३ विकेट हात पारे भने कोंगकिएकोन र चिरपहंगले २/२ विकेट आफ्नो नाम गरे।

खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका नारायण जोशी चुनिए ।

स्कोरकार्ड 

आज बाट सुरु भएको प्रतियोगितामा कुल ८ टोलि सहभागी छन्। नेपाल सहित थाईल्याण्ड, हङकङ, मलेसिया, म्यानमार, चीन, भुटान, सिंगापुर सहभागी प्रतियोगितामा नेपाल समुह ‘ए’ मा थाईल्याण्ड, हंगकंग र म्यानमार छ।

नेपालले १२ डिसेम्बरमा हंगकंग तथा १४ डिसेम्बरमा म्यानमारको सामना गर्नेछ। समुहमा उत्कृस्ट हुने २ टिम सेमीफाइनल पुग्नेछ। सेमीफाइनल १६ डिसेम्बर र फाइनल १७ डिसेम्बरमा खेलिनेछ। प्रतियोगिताका सबै खेलहरु ३५ ओभरको इनिंगमा खेलिनेछ।

नेपाली टिम – रित गौतम ( कप्तान ) , बिशाल बिक्रम केसी ( उपकप्तान ) , कुशल मल्ल, राजन मगर, तृत राज दास, अमित कुमार यादब, सुबास ऐर ( सुबोध ) नारायण जोशी, सुनिल भण्डारी, सुर्य तामाङ, अजय कुमार लुनिया, प्रतिश जीशी, मेख बहादुर सेन थापा, निखिल कुमार सिंह

प्रशिक्षक – जंगबहादुर थापा, दिपेन्द्र चौधरी

नेपालको खेल तालिका –

११ डिसेम्बर : नेपाल- थाईल्याण्ड

१२ डिसेम्बर : नेपाल – हंगकंग

१४ डिसेम्बर – नेपाल – म्यानमार

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy