नेत्रहिन बिश्वकप खेल्न नेपाली टिम पाकिस्तानतर्फ, ४ दिने रेलको यात्रा

  • विकेटनेपाल, पौष १८ 

जनवरी ८ तारिक ( पुष २४ ) देखि पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना हुने पाँचौ नेत्रहीन एकदिवसीय बिश्वकप क्रिकेटमा सहभागिता जनाउन नेपाल नेत्रहीन क्रिकेट टिम पाकिस्तान प्रस्थान गरेको छ।

पहिलो पटक एकदिवसीय बिश्व कपमा भाग लिन जाने नेपाली टिमलाई मंगलबार रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बिदाइ गर्नु भएको थियो।

नेपाल सहित पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया गरि ६ रास्ट्रको सहभागिता रहने प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ। ६ टिमबाट अंक तालिकाको शिर्ष ४ भित्रमा रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ। दुवै सेमीफाइनल खेल दुबईमा आयोजना हुनेछ भने फाइनल खेल २१ जनवरीमा पाकिस्तानको गद्दाफी स्टेडियममा हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले जनवरी ८ तारिकमा पाकिस्तानको लाहोरमा बंगलादेशको सामना गर्नेछ, दोश्रो खेल ९ जनवरीमा भारतसंग पाकिस्तानकै फैसलाबादमा, तेश्रो खेल १० जनवरीमा पाकिस्तानसंग गुज्रनवाला पाकिस्तानमा, चौथो खेल ११ जनवरीमा अस्ट्रेलियासंग दुबईको अजमनमा तथा पाँचौ तथा लिगको अन्तिम खेल १५ जनवरीमा श्रीलंकासंग दुबईको अजमनमा खेल्ने कार्यक्रम रहेको छ।

प्रतियोगितामा सहभागी हुने १४ सदस्यीय नेपाली टिमको कप्तानी कृतन श्रेष्ठले गर्नेछन्। टिमको प्रशिक्षण रिजन प्रजुले गर्नेछन्।

नेपालले सन् २०१२ र २०१७ गरि २ पटक टि-२० बिश्वकप मा सहभागिता जनाईसकेको छ। एकदिवसीय बिश्वकपमा भने नेपालको सहभागिता पहिलो पटक हो। नेपाल टि-२० बिश्व कपको दुवै संस्करणको पहिलो चरणबाटै बाहिरिएको थियो।

गत बर्ष भारतमा सम्पन्न टि-२० बिश्वकपमा नेपालले न्युजिल्याण्ड र दक्षिण अफ्रीकालाई पराजित गरेको थियो। सो बिश्वकपमा नेपाली खेलाडी पदम बडेलले न्युजिल्याण्डबिरुद्ध दोहोरो शतक प्रहार गरेका थिए । उक्त दोहोरो शतक दृस्टीबिहिन क्रिकेटको इतिहासकै पहिलो दोहोरो शतक थियो ।

सन् १९९६ देखि आयोजना थालिएको एकदिवसीय बिश्वकपको प्रथम संस्करणको उपाधि दक्षिण अफ्रीकाले जितेको थियो भने त्यसपछि सन् २००२ र २०१४ को उपाधि भारतले तथा सन् २००६ को उपाधि पाकिस्तानले जितेको थियो।

नेपाली टिम ४ दिनको रेल यात्रा गर्दै पाकिस्तान पुग्ने 

बजेट अभावको कारण नेपाली टिम ४ दिन रेल यात्रा गर्दै पाकिस्तान पुग्नेछन्। हवाईजहाजको टिकट किन्ने बजेट नभएका कारण टिम रेलबाटै पाकिस्तान पुग्नेछ। ४ दिल रेल यात्रा पछि नेपाली टिम पहिलो खेल खेल्ने २ दिन अघि ( पौष २२ ) पाकिस्तान पुग्नेछ।

 

आर्थिक अभाव दृस्टीबिहिन टिमको लागि नौलो कुरा हैन। यो भन्दा अघिको बिश्वकपहरु पनि नेपालले आर्थिक अभाबकै कारण गुमाउनु परेको थियो। प्रतियोगिताको लागि नेत्रहिन क्रिकेट संघले १५ दिन बिशेष प्रशिक्षण राखेको थियो।

टिमलाई साहस स्पोर्ट्सले प्रायोजन गरेको छ। खेलकुदको पोसाक उत्पादक साहस स्पोर्ट्सले प्रायोजन बापत दृस्टीबिहिन क्रिकेट टिमलाई ३ बर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि आवस्यक जर्सी, ट्रयाकसुट उपलब्ध गराउने यसै बर्ष कार्तिकमा सम्झौता भएको थियो।

सम्बन्धित समाचार – 





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]