अमेरिकाको घरेलु मैदानमा नेपालको क्लिन स्विप, सोमपाल प्लेयर अफ द सिरिज

घरेलु टोलि अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

क्यानडा भ्रमणमा लगातार खराब प्रदर्शन गरेको नेपाली टिमले अमेरिका विरुद्ध शानदार प्रदर्शनसंगै आगामी विश्वकप लिग-२ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लय भेटाउने अपेक्षा गरिएको छ। अमेरिका विरुद्ध दोश्रो खेल सुपर ओभरमा जितेको नेपालले पहिलो खेल १७ रनले विजयी भएको थियो। अमेरिका विरुद्ध नेपालले खेलेको पहिलो टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज हो।

डलास स्थित ग्राण्ड प्रेरिमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले ८ बल बाँकी रहँदै २ विकेट गुमाएर भेटायो।

नेपालको ब्याटिंगमा ओपनर आसिफ शेखले अर्धशतकीय योगदान दिए जुन क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। ५२ खेलमा आसिफको यो बाह्रौं टि-ट्वान्टी अन्तर्राष्ट्रिय अर्धशतक हो। उनको नाममा एउटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय शतक रहेको छ।

ओपनर अनिल साह १३ रन बनाएर आउट भएपछि आसिफले दोश्रो विकेटको लागि कुशल भुर्तेलसंग ५० रनको साझेदारी गरे। आसिफ एघारौं ओभरमा आउट भएपछि भुर्तेल र कुशल मल्लले अविजित ७४ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। मल्लले ३० बलमा ४ चौका र १ छक्का मद्दतले ४४ रन तथा भुर्तेलले ३२ बलमा २ चौका र १ छक्का मद्दतले ४० रन बनाए।

आसिफ शेखले अर्धशतक बनाए

यस अघि टस जितेर ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १५६ रन बनायो। उसको लागि ओपनर साइतेजा मुक्कामल्लाले ६८ रन बनाए। उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। मिलिन्द कुमारले ४३ रन बनाए।

नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २७ रन खर्चिए। रिजन ढकाल र ललित राजबंशीले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच आसिफ शेख घोषित हुँदा प्लेयर अफ द सिरिज सोमपाल कामि घोषित भए। सोमपाल पहिलो खेलमा विकेट विहिन रहंदा दोश्रो खेलमा २ विकेट लिएका थिए भने तेश्रो खेलमा ३ विकेट लिए।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पछि नेपालले अब अमेरिका र स्कटल्याण्डसंग आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। नेपालले पहिलो खेल अमेरिकासंग अक्टोबर २७ तरिखमा खेल्नेछ। त्यसपछि २९ अक्टोबरमा स्कटल्याण्डसंग, नोभेम्बर २ मा अमेरिकासंग तथा नोभेम्बर ४ मा स्कटल्याण्डसंग खेल्ने तालिकाछ।





थप समाचार

बिपी कोइराला स्मृति कप : भारतीय टिम लाईफ केयरको दोश्रो जित, बंगलादेशको साइक क्रिकेटर्सको विजयी सुरुवात

रुपन्देही। रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुईवटा खेलमा भारतको लाईफ केयर क्रिकेट […]

NPL : ओमान कप्तान इल्यास सन्दिपको टिममा

ओमान राष्ट्रिय क्रिकेट टिमका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिगको टिम विराटनगर किंग्ससंग आवद्ध भएका छन्। सन्दिप लामिछाने मार्की खेलाडी […]

सुपर ओभरमा अमेरिका पराजित, दबाबमा सोमपालले उत्कृस्ट प्रदर्शन गर्दा नेपालले जित्यो सिरिज

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजको दोश्रो खेलमा घरेलु टोलिलाई सुपर ओभरमा पराजित गर्दै एक […]

बिपी कोइराला स्मृति कप : नेक्सस रुपन्देही र भारतको लाइफ केयर क्रिकेट क्लव विजयी 

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत पहिलो दिन […]

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]