तेस्रो हारसँगै नेपालको सेमिफाइनल यात्रा समाप्त : नेत्रहीन बिश्वकप

  • विकेटनेपाल, पौष २९ – दुबई

श्रीलंकासँगको खेलमा खराब प्रदर्शन गर्दै ३४० रनको फराकिलो अन्तरले पराजित भएपछी लगातार तेस्रो हार सहित नेपालको नकआउट चरणमा पुग्ने  सम्भावना सकिएको छ।

शनिबार दुबईको अजमान स्थित ओभल क्रिकेट मैदानमा भएको खेलमा  श्रीलंकाले प्रस्तुत गरेको ४९६ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १५० रनमै समेटिएपछि लज्जास्पद हारको सामना गर्यो ।

आपसी तालमेल गुमाउँदा नेपालका ६ खेलाडी रनआउटको शिकार भएको खेलमा सुनील थापामगर र रमेश बानियाँले पहिलो विकेटको लागि ५३ रनको अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाए पनि थप १०० रन जोड्दा सबै विकेट गुमाउन पुग्यो । नेपालका लागि बद्री चौलागाईले सर्वाधिक ३७ रनको योगदान दिए । उनले ४७ बलमा ३ चौका प्रहार गरे । ओपनर सुनीलले रनआउट हुनुअघि २५ रन बनाए । अर्का ओपनर रमेश पनि २२ रनमा रनआउट भए ।

राम्रो लयमा देखिएका खिमानन्द गैर १३ रनमा रनआउट भए । नियमित कप्तान किर्तन श्रेष्ठ घाइते भएपछि नेपालको नेतृत्व पदम बडेलाले लिएका थिए । पदमले एक चौकाको मद्दतले ११ रनको योगदान दिए ।

 

श्रीलंकाको बलिङमा दिमुथु रविन्द्रा, चन्दना देशप्रिया, दामिथ सान्दरुवान र दिनेश माथुगमाले समान १–१ विकेट लिए । श्रीलंकाका फिल्डरले उत्कृष्ट फिल्डङ गर्दै नेपाली ब्याट्सम्यानलाई रन बटुल्नबाट रोकेका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरा ओभर नै खेल्दै ४९५ रनको विशाल स्कोर खडा गरेको थियो । स्लो ओभर रेटको कारण नेपालमाथि १२ रनको पेनाल्टी थपिएको थियो । श्रीलंकाका लागि दिमुथु रविन्द्राले १ सय ८ रन तथा चन्दना देशप्रियाले १ सय २९ रनको अविजित शतकीय पारी खेले । प्रियन्था कुमाराले ६९ रन र केए सिल्भाले ३२ रन जोड्दै लंकन पारी उकासे ।

 

५३ अतिरिक्त रन खर्चिदै महंगा साबित भएका नेपालका सबै बलरले प्रतिओभर १० भन्दा धेरै रन खर्चिएको खेलमा दुर्गादत्त पौडल र सुर्य भट्टराईले समान १ विकेट लिए ।

नेपालको हारसँगै सेमिफाइनल राउन्डमा पुग्ने ३ राष्ट्रको टुंगो लागेको छ । भारतले ३ जित तथा पाकिस्तान, श्रीलंका र बंगलादेशले समान २ जित निकालि सकेको छ । नेपालले आइतबार साकिकको विजेता भारतसँग खेल्नेछ । विश्वकपमा अपराजित भारतले शनिबार बंगालदेशमाथि १० विकेटको जित निकालेको थियो ।

खेलको फोटोहरु :- 

 

( फोटो – अनिल मल्ल )





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]