नेपाललाई ७७ रनको लक्ष

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनलमा नेपालले दोश्रो इनिंगमा जितको लागि ७७ रनको लक्ष पाएको छ l

किनरारा ओभल मैदानमा टस जितेको नेपालले फिल्डिंग गर्ने निर्णय गरेको थियो l

नेपालको लागि शाहब आलम र सन्दिप लामिछानेले समान ३-३ विकेट दिलाए l यस्तै अनिल शाह र दिपेन्द्र ऐरीले १-१ विकेट आफ्नो नाम गरेका थिए l

हंगकंगको लागि ओपनिंग ब्याट्सम्यान हरप्रित सिंहले सर्बाधिक २० रन बनाएका थिए भने झठाभेदले १६ र वकास खानले १५ रन बनाएका थिए l

फाइनल खेलको बिजेता टिम नोभेम्बरमा मलेसियामै आयोजना हुने एसियाली टेस्ट रास्ट्रहरु समेत खेल्ने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ l यस अघि नेपालले सेमीफाइनलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो भने हंगकंगले सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो l

हंगकंग समुह ‘बि’ मा अपराजित रहँदै सेमीफाइनल यात्रा गरेको टिम हो भने नेपालले पनि हालसम्म सबै खेल सजिलै जितेको छ । हंगकंगले समुह चरणमा चिनलाई ९ विकेटले, म्यानमारलाई ९ विकेटले तथा मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको थियो ।

यता नेपालले समूह चरणमा थाईल्याण्डलाई २५५ रनले , भुटानलाई ९ विकेटले तथा सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो ।

खेलको स्कोर यो लिंकमा क्लिक हेर्नुहोला 

अपडेट र फेसबुक लाइभको लागि विकेटनेपाल फेसबुक पेज हेर्नु होला ( क्लिक गर्नुस ) 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]