सेमीफाइनलमा नेपालको भेट मलेसियासंग, पढ्नुस कस्तो छ मलेसिया

२०७४ मंसिर २८, बिहीबार ११:०१

  • विकेटनेपाल, २८ मङ्सिर 

एसीसी यु-१६ ( पूर्वी क्षेत्र ) प्रतियोगिता अन्तर्गत म्यानमारलाई ३३७ रनको बिशाल अन्तरले पराजित गरेको नेपाली यु-१६ टिमले समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको छ।

सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उप-बिजेता टिम मलेसियाको शनिबार ( १६ डिसेम्बर ) सामना गर्नेछ। टेर्ड थाई मैदानमा हुने सेमीफाइनल खेल बिहान ८:४५ बजे ( नेपाल ) सुरु हुनेछ। दोश्रो सेमीफाइनल खेलमा समूह ‘ए’ को उपविजेता टिम हंगकंगले समुह ‘ए’ को बिजेता सिंगापुरको सामना गर्नेछ। अंकतालिका हेर्नुस 

नेपालले समुह चरणको पहिलो खेलमा थाईल्याण्डलाई १३३ रनले पराजित गरेको थियो। यस्तै दोश्रो खेलमा हंगकंगलाई ४ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षीत गरेको थियो।

यो पनि पढ्नुस – चिन्नुस् आईपीएल खेलेका यी क्रिकेटर जो ललितपुरबाट ईपीएल खेल्दैछन्

 

कस्तो छ मलेसिया ? 

समुह ‘बि’ को उपविजेता मलेसियाले समुह चरणमा खेलेको ३ मध्ये २ खेलमा हित र १ खेलमा हार बेहोरेको थियो। सिंगापुरसंग २९ रनले पहिलो खेलमा पराजित भएको मलेसियाले त्यसपछि चिनलाई ४ विकेटले तथा भुटानलाई १७१ रन बिशाल अन्तरले पराजित गरेको थियो।

भुटानसंगको खेलमा मलेसियाले पहिले ब्याटिंग गर्दै २२२ रन बनाएको थियो जसको जवाफमा भुटान ५१ रनमा अलआउट भएको थियो। खेलमा मोहम्मद शहिदले ४ विकेट हात पारेका थिए।

यस्तै चिनसंगको दोश्रो खेलमा चिनलाई ८४ रनमा समेटेको मलेसियाले लक्ष पछ्याउन ६ विकेट गुमाएको थियो। खेलमा मलेसियाका मुहम्मद एमानले ४ विकेट हात पारेका थिए।

पहिलो खेलमा सिंगापुरसंग पराजित हुने क्रममा सिंगापुरले दिएको १५२ रनको लक्ष पछ्याउने क्रममा मलेसिया १२२ रनमा समेटिएको थियो। मोहम्मद अफिकले मलेसियाको लागि ४ विकेट हात पारेका थिए ।

३ वटै खेलको विश्लेषण गर्दा मलेसियाको बलिंग पक्ष बलियो देखिएको छ प्रत्येक खेलमा नयाँ बलरले राम्रो प्रदर्शन गरेका छन् तर टिमको ब्याटिंग पक्ष भने कमजोर देखिएको छ। कुनै पनि ब्याट्सम्यानले अर्धशतक प्रहार गर्न सकेका छैनन् भने भुटान र चिन जस्तो कमजोर मानिने देशसंग ब्याटिंग चलेको छैन।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy