जोगिएला उपाधि ?

  • विकेटनेपाल, २४ मङ्सिर  – आइतबार 

थाईल्याण्डमा भोलि देखि सुरु हुने एसीसी यु-१६ इस्टर्न प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आयोजक थाईल्याण्डसंग खेल्नेछ।

८ टिम सहभागी हुने प्रतियोगितामा सहभागी हुन नेपाली टिम शनिबार थाईल्याण्ड पुगीसकेको छ। नेपाल सहित थाईल्याण्ड, हङकङ, मलेसिया, म्यानमार, चीन, भुटान, सिंगापुर सहभागी प्रतियोगितामा नेपाल समुह ‘ए’ मा थाईल्याण्ड, हंगकंग र म्यानमार छ।

११ डिसेम्बरमा थाईल्याण्डको सामना गर्ने नेपालले, १२ डिसेम्बरमा हंगकंग तथा १४ डिसेम्बरमा म्यानमारको सामना गर्नेछ। समुहमा उत्कृस्ट हुने २ टिम सेमीफाइनल पुग्नेछ। सेमीफाइनल १६ डिसेम्बर र फाइनल १७ डिसेम्बरमा खेलिनेछ। प्रतियोगिताका सबै खेलहरु ३५ ओभरको इनिंगमा खेलिनेछ।

उमेर समुहको क्रिकेट टिमहरुले नेपालमा अधिकांश रास्ट्रिय खेलाडीहरु उत्पादन गर्ने बाटो बन्दै आएको छ। रास्ट्रिय टिमका पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति गौचन, शरद भेसावकर जस्ता खेलाडीहरुले १५/१७/१९ बर्ष मुनि नेपाली टिमको प्रतिनिधित्व गर्दै रास्ट्रिय टिमको यात्रा गरेका हुन्।

नेपालले अन्तिम पटक सन् २०१४ मा मलेसियामा एसीसी यु-१६ प्रिमियर प्रतियोगिता खेलेको थियो जसको उपाधि नेपालले जितेको थियो। त्यस प्रतियोगितामा टिममा रहेका आसिफ शेखले रास्ट्रिय टिमको लागि खेलीसकेका छन् भने प्रनित थापा, सुमित महर्जन, रबिन्द्र शाही, जितेन्द्र सिंह ठकुरी, पवन सर्राफ, रिजन ढकालले नेपाली यु-१९ रास्ट्रिय टिमको लागि खेलीसकेका छन्।

२०१४ मा नेपालले यु-१६ एसीसी प्रिमियर जितेको थियो

रास्ट्रिय क्रिकेट टिममा स्थान बनाएका बाहेकका खेलाडीहरुलाई नेपालमा एक्सपोजरको अभाव हुने अवस्थामा उमेर समुहमा क्रिकेटरहरुले खेल्ने प्रतियोगिता अत्यन्त महत्वपूर्ण रहने गरेको छ। उमेर समुहमा नेपाली टिम सधैं बलियो रहने गरेको छ। यु-१९ स्तरमा गत महिना भारतलाई पराजित गरेको नेपालले त्यसभन्दा अघि पाकिस्तान, दक्षिण अफ्रीका, बंगलादेश, न्युजिल्याण्ड जस्ता रास्ट्रलाई पराजित गरिसकेको इतिहास छ।

यु-१६ स्तरमा नेपालले २०१४ को एसीसी यु-१६ जितेको थियो जुन क्रममा फाइनलमा मलेसियालाई ३२ रनले पराजित गर्दै उपाधि जितेको थियो। भने त्यस अघि २०१२ मा मलेसियासंग १ विकेटको हार बेहोर्दै उपविजेतामा चित्त बुझाएको थियो। २०१० को संस्करणमा पनि फाइनलसम्मको यात्रा गरेको नेपाल सिंगापुरसंग ६८ रनले पराजित भएको थियो।

२०१० देखि ३ वटै संस्करणमा फाइनल प्रवेश गरेको नेपाल यो पटक डिफेन्डिङ च्याम्पियनको हैसियतले थाईल्याण्ड पुगेको छ।

कप्तान रित गौतम बीचमा टिम निर्देशक बिनोद दास ( बायाँ ) र सहायक प्रशिक्षक दिपेन्द्र चौधरीसंग

प्रतियोगिताको लागी पर्याप्त तयारी गर्ने मौका नपाए पनि आफ्नो टिमले प्रतियोगिता जित्ने आत्मविश्वास टिमका प्रशिक्षक दिपेन्द्र चौधरीले देखाएका छन्। काठमाडौँका रित गौतमको कप्तानीमा रहने नेपाली टिमको प्रशिक्षकको रुपमा दिपेन्द्र चौधरी र जंगबहादुर थापा रहेका छन्।

मुस्किलले ३ हफ्ता प्रशिक्षण गर्न पाएको युवा टिममा यसपटक पनि उत्कृस्ट प्रतिभाहरु रहेको र प्रतियोगिता जित्नुनै आफ्नो टिमको उद्देश्य रहेको पुर्व रास्ट्रिय क्रिकेटर समेत रहेका चौधरीले बिश्वास देखाएका छन् –

“लक्ष ट्रफी जित्नुनै हो तर प्रत्येक खेलमा हाम्रो ध्यान हुनेछ। टिममा केहि स्पिनर र ब्याट्सम्यान प्रतिभावान् छन् जो संग काम गर्न उत्साहित छु”

चौधरीले ब्याट्सम्यानहरु प्राबिधिक रुपमा राम्रो रहेको र ३५ ओभर खेल्ने क्षमता राख्ने बिश्वास देखाउछन् । टिममा ३ स्पिनर र २ जना तिब्र गति बलरहरु तथा ६ जना ब्याट्सम्यान र २ जना विकेटकिपर ब्याट्सम्यानहरु रहेका छन्।

यु-१६ स्तरमा कुनै पनि टिमको आंकलन गर्न मुस्किल रहने गर्छ र अप्रत्यासित नतिजाले अस्चार्य दिने गर्दैन। प्रतियोगिता अघि नेपाली टिमले तयारी राम्रो गर्न पाएको छैन। त्यो कमजोर पाटो रहे पनि इतिहास हेर्दा यो स्तरमा नेपाली खेलाडीहरुले आफुलाई अब्बल प्रमाणित गर्न चुकेका छैनन्। त्यसैले पुनः नेपाल उपाधि जोगाउने लक्षका साथ थाइल्याण्डमा रहेको छ। प्रशिक्षक चौधरीका अनुसार खेलाडीले क्षमता अनुसार खेल्ने हो भने उपाधि जोगाउन मुस्किल हुनेछैन्।

नेपाली टिम – रित गौतम ( कप्तान ) , बिशाल बिक्रम केसी ( उपकप्तान ) , कुशल मल्ल, राजन मगर, तृत राज दास, अमित कुमार यादब, सुबास ऐर ( सुबोध ) नारायण जोशी, सुनिल भण्डारी, सुर्य तामाङ, अजय कुमार लुनिया, प्रतिश जीशी, मेख बहादुर सेन थापा, निखिल कुमार सिंह

वैकल्पिक – विवेक कुमार यादब , रहमान अलि , बिशांक सुबेदी, शेख इमरान

प्रशिक्षक – जंगबहादुर थापा, दिपेन्द्र चौधरी

नेपालको खेल तालिका –

११ डिसेम्बर : नेपाल- थाईल्याण्ड

१२ डिसेम्बर : नेपाल – हंगकंग

१४ डिसेम्बर – नेपाल – म्यानमार

 





थप समाचार

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]

रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको […]

वेस्ट इन्डिजविरुद्ध नेपालको कसिलो बलिङ, नेपालले पायो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलकाे टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कसिलो बलिङको सहयोगमा १ सय ६१ रनको […]

नेपालले टस हार्‍यो, कमल बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिज दोस्रो खेल […]