१७ फोटोमा हेर्नुस केन्यासंग नेपालको जित

  • विकेटनेपाल, मङ्सिर १७

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ तथा अन्तिम चरणको युएईसंगको खेलको लागि नेपाली टिम युएईमा रहेको छ।

६ र ८ डिसेम्बरमा युएईसंग खेल्नु अघि नेपाली टिमले अमेरिका र केन्यासंग २ वटा अभ्यास खेल खेल्यो। शुक्रबार सम्पन्न अभ्यास खेलमा नेपाल अमेरिकासंग ५ विकेटले पराजित हुन पुग्यो भने दोश्रो अभ्यास खेलमा आज केन्यालाई ६ विकेटले पराजित गर्यो। स्कोरकार्ड 

खेलमा टस जितेर केन्यालाई नेपालले ब्याटिंगको निम्तो दियो। देब्रे हाते फास्ट बलर ललित सिंह भण्डारीले ४ तथा सन्दिप लामिछानेले २ विकेट हात पारेपछि केन्याले ११० रनमा सबै विकेट गुमाउन पुग्यो। जवाफमा नेपालले ६ विकेट गुमाई लक्ष २० औं ओभरमा पुरा गर्यो। दिपेन्द्र ऐरीले ४६ तथा खेलमा कप्तानी गरेका शरद भेसावकरले ३१ रन बनाउदै नेपालको जितमा महत्वपूर्ण योगदान दिए।

दुवै अभ्यास खेलमा नियमित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल खेलेनन् जसको सट्टा युवा खेलाडी  कुशल भुर्तेल र अनिल शाहले दुवै खेलमा मौका पाए।

फोटोहरुमा हेर्नुस केन्या र नेपालको खेल 

केन्या कप्तान राकेप पटेललाई मायाँको चिनो प्रदान गर्दै कप्तान शरद भेसावकर

सागर पुन र दिलिप नाथ
विकेट गुमाएपछि निराश दिलिप नाथ
शरद भेसावकर
विकेट गुमाएपछि निराश अनिल साह
लन्च ब्रेक पछि ब्याटिंग गर्न जानेक्रममा दिपेन्द्र ऐरी र शरद भेसावकर
लन्च ब्रेक पछि ब्याटिंग गर्न जानेक्रममा दिपेन्द्र ऐरी र शरद भेसावकर

 

 

 

मैदान प्रवेश गर्दै नेपलली टिम

Nepal Cricket Team

बाउन्ड्री जोगाउने क्रममा शरद भेसावकर
बलिंग गर्दै ललित सिंह भण्डारी

खेल जिताएपछि मैदान बाहिरिने क्रममा आरिफ शेख र शरद भेसावकर
खेल जिताएपछि मैदान बाहिरिने क्रममा आरिफ शेख र शरद भेसावकर
खेल जिताएपछि मैदान बाहिरिने क्रममा आरिफ शेख र शरद भेसावकर

( सबै फोटो रमन शिवाकोटीले लिएका हुन् )





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]