एसीसी यु-१६ इस्टर्न प्रतियोगिताको उपाधी नेपालले जित्यो ( फोटो फिचर सहित )

विकेटनेपाल, पौष २

एसीसी यु-१६ इस्टर्न प्रतियोगिता अन्तर्गत फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधी जितेको छ ।

टेर्ड थाई मैदान थाईल्याण्डमा भएको फाइनल खेलमा १८४ रनको लक्ष्य पछ्याएको सिंगापुरले नेपाली बलरहरु सामु खुलेर खेल्न नसक्दा  ११२ रन बनाउदा ३१.५ ओभरमा सबै विकेट गुमायो ।

पहिलो विकेट मात्र १३ रनको स्कोरमा गुमाएको सिंगापुरका लागि दोश्रो विकेटको रुपमा साई हर्षल वेनुगोपल र इशान स्वनीले ३१  रनको साझेदारी गरेपनि खेल आफ्नो पक्षमा पार्न सकेनन् । साई हर्षल वेनुगोपलले ३१ रन बनाउन ६५ बल खर्चिदा  इशान स्वनीलेले १२ रन बनाए । तल्लोक्रममा ब्याटिंग गरेका अर्नव वाध्वाले २१ रन, रावुल शर्माले १५ बनाए भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि अजय कुमार लोनियाले ३ विकेट लिन ५ ओभरमा १६ रन खर्चिदा सुर्य तामांगले पनि ७ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर ३ विकेट हात पारे । कुशल मल्ल र नारायण जोशीले १/१ विकेट लिएको खेलमा दुईजना ब्याट्सम्यान रन आउटको सिकार भए ।

यसअघि टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित ३५ ओभरमा १८३ रन बनाएको थियो। नेपालको योगफलमा बिशाल बिक्रम केसीले ६३ तथा नारायण जोशीले ४६ रनको योगदान दिए।

नेपालले पहिलो ४ विकेट ६६ रनको स्कोरमै गुमाएको थियो जसपछि बिशाल बिक्रम केसीले सुनिल भण्डारीसंग पाँचौ विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। सुनिल १५ रन बनाएर आउट भएपछि बिशाल र नारायण जोशीले छैठौ विकेटको लागि ४८ रनको साझेदारी गर्दै ठुलो स्कोरतर्फ  नेपाललाइ डोर्याएका थिए। सातौँ विकेटको लागि नारायण जोशी र प्रतिस जिसीले २७ रनको साझेदारी गर्दै नेपालको स्कोर १८३ पुर्याएका थिए।

अविजित ४६ रन बनाएका नारायण जोशीले मात्र २३ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे। बिशाल बिक्रमले ७९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सुबाश ऐरले २२, तृत राज दासले १९, सुनिल भण्डारीले १५ तथा प्रतिस जिसीले अब्जित १० रन बनाए।

सिंगापुर बलर इशान सनेले २ विकेट हात पारे। यस्तै प्रनभ कृष्णन, रउल शर्मा र प्रमेश सिंघभीले १/१ विकेट हात पारे ।

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]