नेपालको लगातार चौथो हार

काठमाडौं । त्रिकोणात्मक टी–२० आई महिला सिरिअन्तर्गत आफ्नो चौथो खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको छ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो। नेपालको लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन्।

३० बलको सामना गरेको उनले तीन चौका र एक छक्का प्रहार समेत गरिन्। त्यस्तै, नेपालकी ओपनर सम्झना खड्गा ५ रन बनाउँदै आउट हुँदा अर्की ओपनर ममता चौधरी शून्य रनमै आउट भएकी थिइन्। नेपालकी कप्तान इन्दू बर्मा ३ रनमा आउट हुँदा नेपालकी उपकप्तान बिन्दू रावल शून्यमै पेभिलियन फर्र्किएकी थिइन्।

त्यस्तै, पूजा महतो १८ रनमा आउट हुन पुगिन्। कविता जोशी २४ रन बनाएर आउट हुन पुगिन्। नेपालकी रोमा थापा रन बनाउँदै तथा मनिषा उपाध्याय रन बनाउँदै नटआउट रहे। थाइल्यान्डको लागि थिपाथ्पचाले सर्वाधिक चार विकेट लिइन्। त्यस्तै, थाइल्यान्डको लागि फनिता मायाले दुई विकेट लिइन्।

त्यसअघि टस जितेर ब्याटिङ रोजेकको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy