नामिबियासँग खेल्दै नेपाल

काठमाडौं । चार देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा शनिबार नामिबियासँग खेल्दैछ ।

नेपाल र नामिबियाको खेल युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका ४ ४५ बजे सुरु हुनेछ।

नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो।

सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुईरदुई खेल खेल्नेछन्। नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ।

फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन्। फाइनल खेल चैत ३ गते हुनेछ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy