गल्ति स्वीकार्दै धर्मसेनाले खोले विश्वकप फाइनलमा ५ को सट्टा ६ रन दिनुको कारण

विश्वकप फाइनल २०१९ मा इंग्ल्याण्ड विजयी हुँदा खेलको रोमान्चकता त चर्चामा थियो नै त्यस खेलमा घटेका घटनाहरु समेत मानसपटलमा जिवितै रहेको छ। सुपर ओभरमा पुगेको खेल पुनः बराबरी भए पछि इंग्ल्याण्डलाई खेलमा प्रहार गरेको बाउन्ड्री धेरै भएका कारण विजेता घोषणा गरिएको थियो।

उक्त फाइनलमा एउटा यस्तो निर्णय अम्पायरबाट भएको थियो जुन गल्ति नभएको भए खेलको नतिजानै न्युजिल्याण्डको पक्षमा जान सक्थ्यो।

खेल रोचक मोडमा रहेको बेला अन्तिम ओभरमा ३ बलमा इंग्ल्याण्डलाई जित्न ९ रन आवस्यक रहेको थियो। ट्रेन्ट बोल्टले गरेको ओभरको चौथो बलमा बेन स्टोक्सले २ रन लिने चक्करमा न्युजिल्याण्ड फिल्डरले रन आउट गर्न फालेको थ्रो स्टोक्सको ब्याटमा लाग्दै बाउन्ड्री पार भएको थियो। त्यसबेला अम्पायर रहेका कुमार धर्मसेनाले ६ रन भएको निर्णय सुनाए।

उक्त ६ रन पछि इंग्ल्याण्डलाई २ बलमा ३ रन मात्र आवस्यक रहेको थियो जसले गर्दा इंग्ल्याण्डले खेल बराबरी गर्न सकेको थियो।

खासमा अम्पायरले त्यसलाई ५ रन मात्रै दिनु पर्ने थियो। किनकि फिल्डरले थ्रो गर्दा क्रिजमा रहेका स्टोक्स र आदील रशिदले एकअर्कालाई क्रस गरिसकेका थिएनन्। आईसीसीको नियम १९.८ अनुसार ब्याट्सम्यानले रन लिने क्रममा फिल्डरले थ्रो गर्दा एक-अर्कालाई क्रस गरेको खण्डमा मात्र ओभर-थ्रोको रन पाउने गर्छ। १ रन पुरा गरिसकेता पनि दोश्रो रनलाई पनि मान्यता दिनु अम्पायरको गल्ति थियो।

गल्ति गरे तर अफसोच छैन 

श्रीलंकन पुर्व राष्ट्रिय क्रिकेटर समेत रहेका अम्पायर कुमार धर्मसेनाले फाइनलको क्रममा ५ रन दिनु पर्नेमा ६ रन दिएको गल्ति स्वीकारेका छन्। सनडे टाइम्ससंगको कुराकानीमा उनले गल्ति भएता पनि आफुलाई कुनै अफसोच नभएको बताएका छन्।

“टिभीमा रिप्ले हेरे पछि मानिसहरुलाई टिप्पणी गर्न सजिलो छ।”

“टिभी रिप्ले हेरे पछि म स्वीकार गर्छु कि निर्णय गलत भयो। तर मैदानमा टिभी रिप्ले हेर्ने सुविधा थिएन र मलाई मेरो निर्णयमा कुनै अफसोच हुने छैन। साथै आईसीसीले पनि त्यो समय गरेको निर्णयको सराहना गरेको छ”

“त्यो अवस्थामा थर्ड अम्पायरलाई निर्णय पास गर्ने आईसीसीको नियममा छैन किनकि, त्यहाँ ‘विकेट’ को अपिल या सम्भावना थिएन।”

फाइनल खेल पछि धर्मसेनाले लिएको सेल्फी जुन उनले ट्वीटरमा राखेका छन्

धर्मसेनाले थपे “त्यसैले मैले लेग अम्पायरसंग ( वाकीटकी मार्फत ) कुराकानी गरे जुन अरु अम्पायर र म्याच रेफ्रीले समेत सुनेका थिए।  उनीहरुले पनि टिभी रिप्ले प्रयोग गर्न पाउथेनन्। सबैले ब्याट्सम्यानले रन पुरा गरेको माने जसपछि मैले निर्णय दिएको थिए”

“सबैले बुझ्नु पर्छ कि हामिअंग एउटै प्लेटमा धेरै कुरा रहेको हुन्छ। हामीले ब्याट्सम्यानले रन लिएको पनि हेर्नु पर्छ त्यही समयमा फिल्डरले थ्रो गरेको पनि। त्यसपछि थ्रो कुन किनारमा आउछ त्यो पनि हेर्नुपर्छ। यो केसमा हामि खुसि छौँ कि ब्याट्सम्यानले दोश्रो रन पुरा गरेको थियो किनकि स्टोक्सले दोश्रो रन पुरा गर्दा बलले स्टोक्सको ब्याटमा लागेको थियो”

“त्यसैले हामीले मान्यौं कि फिल्डरले बल फालेको समयमा दुई ब्याट्सम्यानले एक-अर्कालाई क्रस गरिसकेका थिए। यो कुराहरु क्रिकेट मैदानमा हुने गर्छ। उदाहरणको लागि अम्पायरले वाइड र नो बलको निर्णय गलत दिन सक्छ, टिभी रिप्लेले देखाउछ नत्र हामीले फिर्ता गएर फेरी खेल दोहोर्याउन सक्दैनौ। यो यस्तै घटना हो”

१९९३ मा श्रीलंकाको लागि टेस्ट क्रिकेटमा डेब्यु गरेका धर्मसेनाले श्रीलंकाको लागि ३१ टेस्ट र १४१ एकदिवसीय खेलेका थिए। २००४ मा अन्तिम टेस्ट खेलेका उनले २००९ मा अन्तर्राष्ट्रिय अम्पायरिंगमा डेब्यु गरेका थिए।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]