नेपाल र हङकङबीचको खेल रद्द

२०८१ चैत्र २, आईतवार १९:०८

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ।

चार खेलमा पराजित भएको नेपाल चार टोली सम्मेलित प्रतियोगिताको चौथो स्थानमा रहेको थियो। हङकङ भने नेटरनरेटमा नामिबियासँग पछि परेपछि तेस्रो स्थानका लागि नेपालसँग प्रतिस्पर्धा गर्न लागेका थिए। तर, यी दुई टोलीबीचको खेल रद्द भएको हो। हङकङले लिग चरणमा ६ मध्ये तीन खेलमा जित हात पारेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy