एसिटीलाई नेपालले दियो १७८ रनको लक्ष्य

२०८२ भाद्र १०, मंगलवार ०८:१२

काठमाडौं। पहिलो टी२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई १७८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको बनायो।

नेपालका लागि ओपनर आसिफ शेखले ३८ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ६९ रन बनाए। कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ र दीपन्द्रसिंह ऐरीले २१ रन जोडे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy