नेपालको लगातार तेस्रो हार

काठमाडौं । त्रिकोणात्मक टी–२० आई महिला शृङ्खलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ।

त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ।

नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँद १२५ रन मात्रै बनाउन सक्यो।

नेपालको लागि कप्तान इन्दू बर्माले सर्वाधिक ३० रन बनाइन्। त्यस्तै, ओपनर सम्झना खड्गा २३, पूजा महतो १८, कविता जोशी १४ रन बनाउँदै आउट भइन्। त्यस्तै, नेपालकी रुबिना क्षेत्री र बिन्दू रावल शून्य रनमै समेटिए। अलिश यादव ५ रन बनाउँदै मैदान फर्किन्।

नेदरल्यान्डको लागि आइरिस, हिथर सिगरस तथा क्यारोलिन डि ले समान दुई दुई विकेट लिए। त्यस्तै, इभा लिन्च र इसाबेल भानले समान १/१ विकेट लिईन्।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारत २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो।

यसअघि नेपाल नेदरल्यान्ड्सँग २० रनले पराजित भएको थियो। त्यस्तै, थाइल्यान्डसँग नेपाल ४ विकेटले पराजय भएको थियो।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]