हङकङविरुद्ध पहिला फिल्डिङमा नेपाल

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

नेपाली राष्ट्रिय टोलीका कप्तान इन्दु बर्माले टस जितेर पहिला हङकङलाई ब्याटिङको निम्तो दिएकी हुन्।

नेपाल लगातार दोस्रो जितको खोजी छ।  पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो।

हङकङ पनि लगातार दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा हङकङ युगान्डासँग आठ विकेटले पराजित भएको थियो। अर्को खेलमा भने हङकङले नामिबियालाई चार विकेटको जित निकाल्यो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy