नेपाललाई १४१ रनको लक्ष्य

काठमाडौं । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेदरल्यान्डले  नेपालसामू १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको गरेको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १४० रन बनायो।

नेदरल्यान्ड्सका लागि कप्तान डे लीडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रनको योगदान गरिन्। त्यस्तै मध्यक्रमकी ब्याटर हेथर सेगर्सले २३ बलमा तीन चौका र एक छक्कासहित २६ रन बनाइन्। यसैगरी ओपनर फेबे मोल्केनबोएर र चौथो नम्बरका ब्याटर रोविन रिकेले समान २१ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालकी स्पीनर सीता रानामगरले १८औं ओभरमा तीन  विकेट लिइन्। त्यस्तै मनिषा उपाध्यायले दुई विकेट हात पार्दा कविता जोशी र कप्तान इन्दु वर्माको नाममा एक विकेट रह्यो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy