ग्रान्डहोमको बिस्फोटक पारिमा न्युजिल्यान्डसङ्ग पाकिस्तान फेरि हार्यो

  • विकेटनेपाल, माघ २ – मङ्गलबार

न्युजिल्याण्ड र पाकिस्तान बीच जारि एकदिवसीय खेलको चौथो खेलमा पनि न्युजिल्याण्डले पाकिस्तानलाई २५ बल बाकी रहदै ५ विकेटले पराजित गरेको छ । यसभन्दा अघि भएका ३ वटै एकदिवसीय न्युजिल्याण्डले जितेको छ ।

सेल्डन पार्क, हेमिल्टनमा टस जितेर पहिले ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको थियो । पहिलो  २ विकेट मात्र ११ रनमा गुमाएको उसका लागि फकर ज़मान र  ह्यारिस सोहेलले तेस्रो विकेटको लागि ८६ रनको साझेदारी गरे । ज़मानले ५४ रन बनाउन ७५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा सोहेलले ५० रन बनाउन ७४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि १३०/५ भएको अवस्थाबाट मोहम्मद हाफिज र कप्तान सर्फराज़ अहमदले छैठौ विकेटको लागि ९८ रनको साझेदारी गर्दै २२८/६ को स्थितिमा पुर्याए । हाफिजले ८१ रन बनाउन   ८० बलमा ५ चौका र ४ छक्का प्रहार गरे भने सर्फराज़ले ५१ रन बनाउन ४६ बलमा ३ चौका र समान छक्का प्रहार गरे ।

बलिंगतर्फ न्युजिल्याण्डका टिम साउथीले ४४ रन खर्चेर ३ विकेट हात पार्दा केन विलियम्सनले ३२ रन खर्चेर २ विकेट चट्काए, ट्रेन्ट बोल्ट र मिचेल स्यांटनरले १/१ विकेट लिए ।

जवाफमा उत्रिएको न्युजिल्याण्डले बलियो सुरुवात गरेको थियो । उसका लागि मार्टिन गुप्तिल र कोलिन मुन्द्रोले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । गुप्तिल   ले ४९   बलमा ३१ रन तथा मुन्द्रोले ४२ बलमा ५६ रन बनाए ।

त्यसपछि पाकिस्तानका सादाब खानले ३ तथा रुमान रईसले १ विकेट लिदा न्युजिल्याण्ड ८८/० बाट ९९/४ को अवस्थामा पुगेको थियो ।

त्यसपछि कप्तान विलियम्सनले हेनरी निकोलससँग मिलेर पाचौं विकेटको लागि ५५ रनको साझेदारी गर्दै स्कोर १५४/५ पुर्याए । विलियम्सन ३२ रनमा आउट भए ।

त्यसपछी हेनरी निकोलस र कोलिन डी ग्राण्डहोमले मिलेर छैठौ विकेटका लागि अविजित १०९ रनको साझेदारी गर्दै खेल जिताए । निकोलसले अविजित ५२ रन बनाउन ७०   बलमा ३ चौका हाने भने ग्राण्डहोमले अविजित ७४ रन बनाउन ४० बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।

म्यान अफ द म्याच घोषित ग्राण्डहोमले एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक मात्र २५ बलमा पुरा गरेका थिए ।

दुइ देश बीच पाँचौ एकदिवसीय जनवरी १९ मा खेलिनेछ। एकदिवसीय शृंखला पछि ३ वटा टि-२० अन्तर्राष्ट्रियको शृंखला खेल्नेछन्।

यसभन्दा अघिका नतिजाहरु

पहिलो एकदिवसीय: न्युजिल्याण्ड ६१ रनले बिजयी (डीएल मेथड)
दोश्रो एकदिवसीय:  न्युजिल्याण्ड ८ विकेटले बिजयी
तेस्रो एकदिवसीय:  न्युजिल्याण्ड १८३ रनले बिजयी





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]