महिला प्रम कप : रोमान्चक खेलमा प्रदेश-१ विजयी

दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को तेश्रो खेलमा प्रदेश नम्बर-१ ले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको छ।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश-१ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। स्कोरकार्ड  ,अंकतालिका

रोमान्चक बनेको खेलको अन्तिम ४ ओभरमा जितको लागि १० रन मात्र आवस्यक रहेको बेला सुदूरपश्चिमले कसिलो बलिंग गर्दा प्रदेश-१ लाई जितको खतरा रहेको थियो। १३ औं ओभरमा कविता कुँवरले तथा १४ औं ओभरमा सम्झना खड्काले मेडन ओभर गर्दा खेल रोमान्चक मोडमा पुगेको थियो। १५ औं ओभरमा बलिंग गर्ने क्रममा डलि भट्टले २ वाइड सहित ६ रन खर्चदा अन्तिम ओभरमा जित्न ४ रन आवस्यक थियो। तर अन्तिम ओभरको पहिलो बलमा निगिमा तामांगले सम्झनाको बललाई चौका प्रहार गर्दै टिमलाई जित दिलाईन्।

लक्ष्य पछ्याउने क्रममा प्रदेश-१ ओपनर रुबिना क्षेत्री र काजल श्रेष्ठले १६ रनको साझेदारी गरेका थिए। चौथो ओभरमा रुबिना र काजललाई दिपा जोराले पेभेलियन फर्काईन्। त्यसपछि मध्यक्रममा रोमा थापा ५, अप्सरी बेगम ९ तथा लकिता राजबंशी ३ रन बनाएर आउट हुँदा टिम दबाबमा थियो। निगिमा तामांगले अविजित ७ तथा संगीता राईले अविजित २ रन बनाईन्।

सुदूरपश्चिमले अतिरिक्त रन मार्फत दिएको १५ रन प्रदेश-१ को जितमा निकै महत्वपूर्ण योगदान रह्यो जसमा १४ वटा वाइड सामेल थियो।

सुदूरपश्चिमको बलिंगमा दिपा जोरा ( ३-०-१८-२ ) ले सर्वाधिक २ विकेट तथा कविता कुँवर ( ४-१-१२-१ ) र कविता जोशी ( ३-०-८-१ ) ले समान १/१ विकेट लिए। ऋतु कनौजिया विकेटविहिन रहेता पनि ३ ओभरमा मात्र ५ रन खर्चिन्।

यस अघि टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गुमाएर ५३ रन बनाएको थियो।

सुदुरपश्चिमको ब्याटिंगमा कविता जोशीले सर्वाधिक १४ रन बनाईन्। उनि बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। लक्ष्मी साउदले अविजित ९, रेवती धामीले ८, डली भट्टले ५ रन योगदान दिईन्।

लगातार विकेट गुमाएको सुदूरपश्चिमले २६ रनमा ७ विकेट गुमाएको थियो। त्यसपछि कबिता जोशीले आठौँ विकेटको लागि डली भट्टसंग १० रन तथा नवौं विकेटको लागि लक्ष्मी साउदसंग अविजित १७ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफलतर्फ डोर्याइन्।

प्रदेश-१ को बलिंगमा संगीता राईले सर्वाधिक ३ विकेट हात पारिन्। सबनम राईले २ तथा रुबिना क्षेत्री र निगिमा तामांगको नाममा १/१ विकेट रह्यो। सबनमले हात पारेको तिन वटै विकेट नवौं ओभरमा थियो जुन ओभरमा उनले मन्जु बोकटि, ऋतु कनोजिया र बिन्दु रावलको विकेट लिएकी थिईन्।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा हिजो गण्डकी प्रदेशलाई ६० रनले पराजित गरेको थियो भने प्रदेश-१ ले हिजो बागमती प्रदेशलाई ४६ रनले पराजित गरेको थियो।

दिनको दोश्रो खेलमा समुह ‘बि’ अन्तर्गत गण्डकी प्रदेश र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछ। खेलमा पराजित हुने टिमको सेमीफाइनल सम्भावना समाप्त हुनेछ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]