यु१९ विश्वकपमा पाकिस्तान र भारत बिजयी

  • विकेटनेपाल, २ माघ-  मंगलबार

न्युजिल्याण्डमा जारि यु१९ विश्वकप अन्तर्गत आज भएका खेलहरुमा पाकिस्तान र भारतले जित दर्ता गरेका छन् । प्रतियोगिता अन्तर्गत पाकिस्तानको दोश्रो खेलमा यो पहिलो जित हो भने भारतले दोश्रो खेलमा लगातार दुई जित हात पारेको छ ।

यु १९ विश्वकप अन्तर्गत आज भएका खेलहरुको नतिजा:

पहिलो खेल: पाकिस्तान Vs आयरल्याण्ड

पाकिस्तानले जारि यु१९ विश्वकपमा आयरल्याण्डलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । यसअघि पहिलो खेलमा अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

पाकिस्तानले सहज जित हातपार्ने क्रममा टस जितेर पहिले फिल्डिंग रोज्दै आयरल्याण्डलाई २८.५ ओभरमा ९७ रनमै समेट्यो |

टस जितेर पहिले बलिंग गर्दै आयरल्याण्डलाई २८.५ ओभरमा मात्र ९७ रनको योगफलमा रोक्न पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी एक्लैले विकेट लिनका लागि ८.५ ओभरमा ३ मेडन राख्दै मात्र १५ रन खर्चे जुन पाकिस्तानका लागि यु१९ मा अहिलेसम्म कै उत्कृस्ट बलिंग रहेको छ । यस्तै कप्तान हसन खानले ३ विकेट र इक्बाल अर्षदले १ विकेट हात पारे।

सम्झनलायक प्रदर्शन नरहेको आयरल्याण्डका लागि अविजित २४ रनको योगदान गरेका जोशु लिटिलले २० बलमा २ चौका र १ छक्का प्रहार गरे भने ४ जना ब्याट्सम्यान बिना खाता खोलेर नै पभेलियन फर्किए ।

९८ रनको लक्ष्य पाकिस्तानले ८.५ ओभरमा १ विकेट गुमाई सजिलै पुरा गर्यो। पाकिस्तानको लागी ओपनर ब्याट्सम्यान मुहमद जैद आलमले अविजित ४३ रन ( १९ बल, ७ चौका, १ छक्का ) तथा रोहेल नजिर ले १४ बलमा १८ रन बनाए | त्यसैगरी कप्तान हसन खान २७ रनको योगदान गरे । बलिंगतर्फ आयरल्याण्डको लागी एक मात्र विकेट आरोन कवलेले लिए का थिए ।

अन्डर-१९ तहमा सबै भन्दा फराकिलो जित (बलका आधारमा)
२७७, अस्ट्रेलिया ( स्कोटल्याण्ड विरुद्ध २००४)
२५२, भारत (पपुवा न्यु गिनी बिरुद्द २०१८)
२५०,  दक्षिण अफ्रिका ( क्यानडा विरुद्ध २००२)
२४७, पाकिस्तान ( आयरल्याण्ड विरुद्ध २०१८)
२४७ , पाकिस्तान (न्युजिल्याण्ड विरुद्ध २००६)

यस जित संगै २ खेलमा १ जित र १ हार का साथ पाकिस्तान नेट रन रेटको आधारमा अफगानिस्तान र श्रीलंकालाई उछिन्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ | यस ग्रुपलाई यु१९ विश्वकप २०१८ को  दक्षिन अफ्रीका ,न्युजिल्याण्ड र वेस्ट इन्डिज रहेको ग्रुप ‘ ए ‘ पछि दोश्रो कठिन ग्रुप मानिएको छ  ।

दोश्रो खेल: भारत Vs पपुवा न्यु गिनी

भारतले आफ्नो दोश्रो खेलमा पपुवा न्यु गिनीलाई मात्र ८ ओभरमा १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो खेलमा अस्ट्रेलियालाई पनि १०० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

टस जितेर पहिले बलिंग गरेको भारतले पपुवा न्यु गिनीलाई मात्र ६४ रनको योगफलमा अल-आउट गर्यो । भारतका स्पिनर अनुकुल रोएले   मात्र १४ रन खर्चिदै ५ विकेट हात पारे । त्यस्तै शिवम माविको नाममा २ विकेट रह्यो । पपुवा न्यु गिनीका ओविया सामले १५ रन, सिमोन अटाइले १३ रन तथा सिनका अरुआले १२ रन बनाएपनि अन्य खेलाडीहरुले प्रदर्शन गर्न सकेनन् ।

जवाफमा कप्तान पृथ्वी शाले ५७ रनको पारि खेलेपछि भारतले सहज जित हात पारेको हो । ३९ बलको सामना गरेका उनले १२ चौका प्रहार गरे ।

यो जित दर्ता गरेसँगै लक्ष्य पुरा गर्दा बल बचेको आधारमा जित दर्ता गर्ने सुचिमा भारत दोश्रो स्थानमा रहेको छ, उसले २५२ बल बाकी छदै लक्ष्य पुरा गरेको हो ।

 

भोलिका खेलहरु

अफगानिस्तान Vs श्रीलंका
वेस्ट इन्डिज Vs दक्षिण अफ्रिका
अस्ट्रेलिया Vs जिम्बाबे
न्युजिल्याण्ड Vs केन्या





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]