यु१९ विश्वकपमा पाकिस्तान र भारत बिजयी

  • विकेटनेपाल, २ माघ-  मंगलबार

न्युजिल्याण्डमा जारि यु१९ विश्वकप अन्तर्गत आज भएका खेलहरुमा पाकिस्तान र भारतले जित दर्ता गरेका छन् । प्रतियोगिता अन्तर्गत पाकिस्तानको दोश्रो खेलमा यो पहिलो जित हो भने भारतले दोश्रो खेलमा लगातार दुई जित हात पारेको छ ।

यु १९ विश्वकप अन्तर्गत आज भएका खेलहरुको नतिजा:

पहिलो खेल: पाकिस्तान Vs आयरल्याण्ड

पाकिस्तानले जारि यु१९ विश्वकपमा आयरल्याण्डलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । यसअघि पहिलो खेलमा अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

पाकिस्तानले सहज जित हातपार्ने क्रममा टस जितेर पहिले फिल्डिंग रोज्दै आयरल्याण्डलाई २८.५ ओभरमा ९७ रनमै समेट्यो |

टस जितेर पहिले बलिंग गर्दै आयरल्याण्डलाई २८.५ ओभरमा मात्र ९७ रनको योगफलमा रोक्न पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी एक्लैले विकेट लिनका लागि ८.५ ओभरमा ३ मेडन राख्दै मात्र १५ रन खर्चे जुन पाकिस्तानका लागि यु१९ मा अहिलेसम्म कै उत्कृस्ट बलिंग रहेको छ । यस्तै कप्तान हसन खानले ३ विकेट र इक्बाल अर्षदले १ विकेट हात पारे।

सम्झनलायक प्रदर्शन नरहेको आयरल्याण्डका लागि अविजित २४ रनको योगदान गरेका जोशु लिटिलले २० बलमा २ चौका र १ छक्का प्रहार गरे भने ४ जना ब्याट्सम्यान बिना खाता खोलेर नै पभेलियन फर्किए ।

९८ रनको लक्ष्य पाकिस्तानले ८.५ ओभरमा १ विकेट गुमाई सजिलै पुरा गर्यो। पाकिस्तानको लागी ओपनर ब्याट्सम्यान मुहमद जैद आलमले अविजित ४३ रन ( १९ बल, ७ चौका, १ छक्का ) तथा रोहेल नजिर ले १४ बलमा १८ रन बनाए | त्यसैगरी कप्तान हसन खान २७ रनको योगदान गरे । बलिंगतर्फ आयरल्याण्डको लागी एक मात्र विकेट आरोन कवलेले लिए का थिए ।

अन्डर-१९ तहमा सबै भन्दा फराकिलो जित (बलका आधारमा)
२७७, अस्ट्रेलिया ( स्कोटल्याण्ड विरुद्ध २००४)
२५२, भारत (पपुवा न्यु गिनी बिरुद्द २०१८)
२५०,  दक्षिण अफ्रिका ( क्यानडा विरुद्ध २००२)
२४७, पाकिस्तान ( आयरल्याण्ड विरुद्ध २०१८)
२४७ , पाकिस्तान (न्युजिल्याण्ड विरुद्ध २००६)

यस जित संगै २ खेलमा १ जित र १ हार का साथ पाकिस्तान नेट रन रेटको आधारमा अफगानिस्तान र श्रीलंकालाई उछिन्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ | यस ग्रुपलाई यु१९ विश्वकप २०१८ को  दक्षिन अफ्रीका ,न्युजिल्याण्ड र वेस्ट इन्डिज रहेको ग्रुप ‘ ए ‘ पछि दोश्रो कठिन ग्रुप मानिएको छ  ।

दोश्रो खेल: भारत Vs पपुवा न्यु गिनी

भारतले आफ्नो दोश्रो खेलमा पपुवा न्यु गिनीलाई मात्र ८ ओभरमा १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो खेलमा अस्ट्रेलियालाई पनि १०० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

टस जितेर पहिले बलिंग गरेको भारतले पपुवा न्यु गिनीलाई मात्र ६४ रनको योगफलमा अल-आउट गर्यो । भारतका स्पिनर अनुकुल रोएले   मात्र १४ रन खर्चिदै ५ विकेट हात पारे । त्यस्तै शिवम माविको नाममा २ विकेट रह्यो । पपुवा न्यु गिनीका ओविया सामले १५ रन, सिमोन अटाइले १३ रन तथा सिनका अरुआले १२ रन बनाएपनि अन्य खेलाडीहरुले प्रदर्शन गर्न सकेनन् ।

जवाफमा कप्तान पृथ्वी शाले ५७ रनको पारि खेलेपछि भारतले सहज जित हात पारेको हो । ३९ बलको सामना गरेका उनले १२ चौका प्रहार गरे ।

यो जित दर्ता गरेसँगै लक्ष्य पुरा गर्दा बल बचेको आधारमा जित दर्ता गर्ने सुचिमा भारत दोश्रो स्थानमा रहेको छ, उसले २५२ बल बाकी छदै लक्ष्य पुरा गरेको हो ।

 

भोलिका खेलहरु

अफगानिस्तान Vs श्रीलंका
वेस्ट इन्डिज Vs दक्षिण अफ्रिका
अस्ट्रेलिया Vs जिम्बाबे
न्युजिल्याण्ड Vs केन्या

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy