पारस खड्काले ओपनर स्वप्निल एस र रफी गोमेजको पहिलो विकेटको लागि ९१ रनको साझेदारीलाई तोड्दै सिंगापुर इमर्जिंग स्टार्सलाई खेलमा फर्काएका छन् l
सिंगापुर अन्तर्राष्ट्रिय टि२० क्रिकेट को सेमीफाइनलमा मद्रास क्रिकेट क्लबले टस हारेर पहिले ब्याटिंग गर्दै १० ओभरमा ९४/१ को स्कोर बनाएको छ l
खतरनाक देखिएका स्वप्निल ५३ रन बनाएर पारसको बलमा क्याच आउट भएका हुन् l पारसले पहिलो ओभरमा मात्र २ रन दिंदै १ विकेट लिएका हुन् l
अर्का नेपाली बलर मेहबुब आलमले आफ्नो २ ओभरको स्पेलमा १९ रन दिएपनि विकेट निकाल्न सकेका छैनन् l आलमले ओपनिंग बलिंग गरेका थिए l
खेलको अपडेट हेर्न क्लिक गर्नुस