पारस खड्काको उत्कृस्ट प्रदर्शनमा इमर्जिंग स्टारको जित

  • विकेटनेपाल, २७ साउन

पारस खड्काले उत्कृस्ट बलिंग प्रदर्शन गर्दै २ विकेट लिएपछि सिंगापुर इमर्जिंग स्टार टिमले सिंगापुर अन्तर्राष्ट्रिय टि-२० प्रतियोगितामा पहिलो जित हात पारेको छ l इमर्जिंग स्टार्सले मेर्लबर्न क्रिकेट क्लबलाई २९ रनले ( डी/एल मेथड ) ले पराजित गर्यो l  ( स्कोरकार्ड हेर्नुस )

मेर्लबर्न क्रिकेट क्लबलाई पराजित गर्ने क्रममा पारसले २ ओभर बलिंग गर्दै मात्र ६ रन खर्चेर २ विकेट हात पारेका हुन्  l पारसले एउटा रन आउट समेत गरे l अर्का नेपाली खेलाडी मेहबुब आलमले पनि १ विकेट हात पारे l  पारस र मेहबुबले टिमको लागि ओपनिंग बलिंग गरेका थिए l

यस्तै अनन्थ कृष्णले ३ विकेट तथा कप्तान धर्मीचन्द मुलेवाले २ विकेट लिंदै स्टार्सको जितमा अहम भूमिका निभाएका थिए l

यस अघि ब्याटिंग तर्फ पारसले  १७ रन प्रहार गरेका थिए जुन क्रममा ११ बलमा २ चौका र १ छक्का प्रहार गरे l

टस जितेर इन्डियन एसोसिएसन मैदानमा ब्याटिंग गरेको सिंगापुर इमर्जिंग स्टार्सले पहिलो इनिंगमा १० ओभर ब्याटिंग गर्दै ७६/४ को स्कोर बनाउदा वर्षाले खेल अबरुद्ध हुन पुगेको थियो l पहिलो इनिंग सुचारु हुन नसकेपछि दोश्रो इनिंगमा डी/एल मेथडको आधारमा मेर्लबर्न क्रिकेट क्लबलाई १० ओभरमा ९० रनको लक्ष दिईएको थियो l

सुरुवातमै मेहबुब आलम र पारस खड्काले पहिलो र दोश्रो ओभरमा विकेट दिलाएपछि दबाबमा परेको मेर्लबर्नले लगातार विकेट गुमाएको थियो l फलस्वरुप ६० रनको स्कोरमा ८.२ ओभरमा अलआउट हुँदै २९ रनको जित सुम्पिएको हो l

पहिलो जित पछि समुह ‘बि’ मा पहिलो जितको साथ २ अंक बटुलेको सिंगापुर इमर्जिंग स्टारले अब अन्तिम खेलमा काउलुन क्रिकेट क्लबको सामना गर्नेछ l काउलुनलाई पराजित गर्न सके  सेमीफाइनलमा पुग्नेछ l

समुहको शिर्ष स्थानमा सिन्हालिज स्पोर्ट्स क्लब ३ खेलमा जीतका साथ ६ अंक बटुली पहिलो स्थानमा छ l मेर्लबर्न क्रिकेट क्लबले ३ खेलमा १ जित र २ हार बेहोरेको छ l





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]