पारस-मेहबुबको खेल आज : सिंगापुर अन्तर्राष्ट्रिय टि-२०

  • विकेटनेपाल, २७ साउन

सिंगापुरमा आज देखि सुरु हुने सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० प्रतियोगिता अन्तर्गत पारस खड्का र मेहबुब आलम सम्मेलित टिम सिंगापुर इमर्जिंग स्टारले आफ्नो पहिलो खेलमा श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लब बिरुद्ध खेल्नेछ l

सन् २००९ र २०११ मा २ पटक प्रतियोगिताको उपाधि जितीसकेको सिंहालिज स्पोर्ट्स क्लबमा श्रीलंका रास्ट्रिय क्रिकेट टिमको लागि खेलीसकेका खेलाडीहरुको बर्चस्व रहेको छ l

खेल नेपाली समय अनुसार बिहान ९:३० बजेबाट सुरु हुँदैछ l

चमरा कपुगेद्रा,धम्मीका प्रसाद, सचित्रा सेनानायके, थिलिना कान्दामबे, जेफ्रे भान्डर्से, दासुन शानाका लगायत खेलाडीहरु सम्मेलित सिंहालिज स्पोर्ट्स क्लब टिमलाई प्रतियोगिता जित्ने दाबेदार टिम मानिएको छ l

सिंगापुर इमर्जिंग स्टारर्सले लगाउने जर्सी

पारस खड्का र मेहबुब आलम सहित सिंगापुर इमर्जिंग स्टार टिममा इन्डियन प्रिमियर लिग ( आईपीएल ) खेलीसकेका २ खेलाडी शदाब जकाती र बालचन्द्र अखिल समेत छन् l सिंगापुर रास्ट्रिय क्रिकेटर समेत रहेका धर्मिचन्द मुलेवाको कप्तानीमा रहेको टिममा अन्य सिंगापुर रास्ट्रिय क्रिकेटरहरु रहेका छन् l

प्रतियोगितामा कुल ८ टिम सहभागी छन् जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ l इमर्जिंग स्टार समुह ‘बि’ मा रहेको छ l उक्त समुहमा सिंहालिज स्पोर्ट्स क्लब, मेर्लबर्न क्रिकेट क्लब, काउलुन क्रिकेट क्लब ( हंगकंग ) रहेका छन् l समुह ‘ए’ मा सिड्नी क्रिकेट क्लब, रोलिन क्रिकेट क्लब,  मद्रास क्रिकेट क्लब तथा आयोजक सिंगापुर क्रिकेट क्लब रहेका छन् l

इमर्जिंग स्टारले अगस्ट १२ मा मेर्लबर्न क्रिकेट क्लब र काउलुन क्रिकेट क्लबसंग एकै दिन २ वटा खेल खेल्नेछ l

सिंहालिज स्पोर्ट्स क्लब टिम लिस्ट 

  • Sachithra Senanayaka (c), Chamara Kapugedara, Thilina Kandamby, Dhammika Prasad, Jeffrey Vandersay, Dasun Shanaka, Minod Bhanuka, Charith Asalanka, Ramesh Mendis, Tharindu Rathnayaka, Adeesha Thilanchana, Dilan Jayalath, Sammu Ashan, Oshada Fernando, Akthab Cader, Akash Senaratna, Dilshan Abeysinghe.

सिंगापुर इमर्जिंग स्टार टिम लिस्ट 

  • Dharmichand Mulewa (c), Chaminda Ruwan, Mehboob Alam, Arjun Mutreja, Kshitij Shinde, Paras Khadka, Chetan Suryawanshi, Akhil Balachandra, Shadab Jakati, Pramodh Raja, Nishanth Chugh, Surendran Chandramohan, Md. Shapuran, Rakshan Rai, Ramesh Rajagopal, Adit Khanna.

 

मुथैया मुरलीधरन लगायत सहभागी ८ टिमका कप्तानहरु l फोटो ( connectedtoindia.com )

११ देखि १३ अगस्ट सम्म ३ दिन चल्ने प्रतियोगितामा दुई समुहबाट उत्कृस्ट २ टिम सेमीफाइनलमा प्रवेश गर्नेछ l सेमीफाइनल र फाइनल खेल अगस्ट १३ मा हुनेछ l

प्रतियोगिताको बिजेता टिमले ५,००० अमेरिकी डलर र उपविजेता टिमले २ हजार अमेरिकी डलर पुरस्कार पाउनेछ l यस्तै धेरै छक्का प्रहार गर्ने, उत्कृस्ट क्याच लिने, उत्कृस्ट फिल्डर, उत्कृस्ट बलर/ब्याट्सम्यानले०० अमेरिकी डलर पाउनेछ l प्रतियोगिताको उत्कृस्ट खेलाडीले १,५०० अमेरिकी डलर पुरस्कार पाउनेछ l

– फोटो श्रोत ( Connectedtoindia.com )





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]