पारस-मेहबुबको टिम पराजित

  • विकेटनेपाल, साउन २७

सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा सिंहालिज स्पोर्ट्स क्लबसंग सिंगापुर इमर्जिंग स्टार टिम ३६ रनले ( डीएल मेथड ) पराजित भएको छ l  ( स्कोरकार्ड )

दोश्रो इनिंगमा १७ ओभरमा १९३ रनको लक्ष पछ्याउने क्रममा ५.४ ओभरमा २ विकेट गुमाएर ब्याटिंग गरिरहेको अवस्थामा मुसलधारे पानि परेपछि खेल रोकिएको थियो l जसपछि डी/एल मेथडको आधारमा सिंहालिज स्पोर्ट्स क्लबलाई बिजेता घोषित गरिएको हो l

टस हारेर ब्याटिंग गरेको सिंहालिज स्पोर्ट्स क्लबको लागि दासुन शनाकाले सर्बाधिक अविजित ७९ रन तथा मिनोध बानुकाले ५० रनको योगदान दिएका थिए l शानाकाले २७ बलमा ८ छक्का र ५ चौका प्रहार गरेका थिए l

बलिंगतर्फ सिंगापुरे टिमको लागि महबुब आलमले सर्बाधिक २ विकेट लिए भने पारस खड्काले १ तथा अखिल बालचन्द्रले १ विकेट हात पारेका थिए l

जवाफमा ब्याटिंग गरेको सिंगापुर इमर्जिंग स्टार्सले ओपनर चामिन्दा रुवानलाई ११ तथा मेहबुब आलमलाई ४ रनमा गुमाएको थियो l श्रीलंकन रास्ट्रिय क्रिकेटर सचित्रा सेनानायकेले दुवै विकेट लिएका थिए l

समुह ‘बि’ अन्तर्गत सिंगापुर इमर्जिंग स्टार्सले भोलि २ वटा खेल खेल्नेछ l

मेर्लबर्न क्रिकेट क्लब ( स्थानीय समय बिहान ११:४५ बजे ) 

काउलुन क्रिकेट क्लब ( स्थानीय समय दिउसो ३ बजे )  





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]