पवन सर्राफ एक्लैले ६ विकेट लिएपछि सिंगापुर ६७ रनमा सिमित

Pawan Sarraf

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरलाई नेपालले ६७ रनमै अलआउट गरेको छ l

नेपालको लागि अफ स्पिनर पवन सर्राफले उत्कृस्ट बलिंग गर्दै ६ विकेट हात पारे l उनले ८ ओभर बलिंग गर्दै ४ मेडन ओभर सहित १२ रन खर्चिएका थिए l

यस्तै ओपनिंग बलर किशोर महतोले २ सुरुवाती विकेट हात पारेका थिए l दिपेन्द्र ऐरी र सन्दिप लामिछानेले १-१ विकेट आफ्नो नाम गरे l

सिंगापुर ब्याट्सम्यान सिद्धान्त र अर्यमान उचिलले समान २०/२० रन योगदान दिएका थिए l उचिलले २ छक्का समेत प्रहार गरे भने सिद्धान्तले १ छक्का र १ चौका प्रहार गरेका थिए l

सिंगापुरका ५ जना ब्याट्सम्यान ० रनमै आउट हुन पुगेका थिए भने २ जना ब्याट्सम्यानले १/१ रन बनाए l

पहिलो २ खेल जितेको नेपालले यो खेल जिते समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ र सेमीफाइनलमा समुह ‘बि’ को उपविजेताको सामना गर्नेछ l

नेपालले पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले र भुटानलाई ९ विकेटले पराजित गरेको थियो l

नेपाल ४ अंक सहित अंकतालिकामा शिर्ष स्थानमा रहेको छ भने सिंगापुरको पनि २ जितको साथ ४ नै अंक रहेको छ जो नेट रनरेटमा पछि छ l

अपडेट कहाँ हेर्ने  ? 

खेलको स्कोर अपडेट हेर्न यो लिंकमा क्लिक गर्नुस, 
स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुस
विकेटनेपाल फेसबुक पेजमा प्रत्यक्ष भिडियो र अपडेट पनि गर्नेछौ यहाँ क्लिक गर्नुस  

विकेटनेपाल प्रत्यक्ष अपडेटको भिडियो 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]