यी हुन् अफगानिस्तान क्रिकेट टिमका नयाँ प्रशिक्षक

२०७४ पुष १६, आईतवार १६:५४

  • विकेटनेपाल, पौष १६ – आइतबार

अफगानिस्तानको राट्रिय क्रिकेट टिमको प्रशिक्षकमा वेस्ट इन्डिजका पुर्व खेलाडी फिल सिमोन्स नियुक्त भएका छन्  ।

करिब करिब ३ महिना अगाडी पुर्व-भारतीय खेलाडी लालचन्द राजपुतलाई अफगानिस्तान क्रिकेट बोर्डले बर्खास्त गरेपछि खाली रहेको प्रशिक्षकको रुपमा अफगानिस्तानले सिमोन्सलाई नियुक्त गरेको हो ।

५४ बर्षीय उनले अफगानिस्तान जिम्बाबेसँगको फेब्रुअरी महिनामाको ५ तारिख देखि १९ तारिखसम्म चल्ने लिमिटेड ओभरको सिरिजको लागि दुबई भ्रमणमा रहदा जनवरी ८ तारिख देखि पदभार सम्हाल्ने क्रिकइन्फोले जनाएको छ।

फोटो – क्रिकइन्फो

सन् १९८७ देखि सन् १९९७ सम्म वेस्ट इन्डिजको राट्रिय टिमको प्रतिनिधित्व गरेका उनले यसभन्दा पहिले वेस्ट इन्डिज र आयरल्याण्डको प्रशिक्षकको भूमिका पनि निर्बाह गरिसकेका छन् भने १ बर्ष अगाडी अफगानिस्तानको लागि ब्याटिंग कन्सल्ट्यान्टको भूमिका समेत निर्बाह गरेका थिए ।

फिल सिमोन्सले वेस्ट इन्डिजको लागि २६ टेस्ट खेलमा १००२ रन बनाउदै ४ विकेट लिएका छन् भने १४३ एकदिवसीयमा ३६७५ रन बनाउदै ८३ विकेट लिएका छन्। साथै उनले भारतीय रास्ट्रीय क्रिकेट टिमको प्रशिक्षकको लागि पनि आबेदन दिएका थिए तर रबि शास्त्री प्रशिक्षक बनेपछि उनि शिर्ष ६ मा पर्दै बाहिरिएका थिए।

(Featured Photo: WICB Media Photo/Philip Spooner)

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy