यी हुन् अफगानिस्तान क्रिकेट टिमका नयाँ प्रशिक्षक

  • विकेटनेपाल, पौष १६ – आइतबार

अफगानिस्तानको राट्रिय क्रिकेट टिमको प्रशिक्षकमा वेस्ट इन्डिजका पुर्व खेलाडी फिल सिमोन्स नियुक्त भएका छन्  ।

करिब करिब ३ महिना अगाडी पुर्व-भारतीय खेलाडी लालचन्द राजपुतलाई अफगानिस्तान क्रिकेट बोर्डले बर्खास्त गरेपछि खाली रहेको प्रशिक्षकको रुपमा अफगानिस्तानले सिमोन्सलाई नियुक्त गरेको हो ।

५४ बर्षीय उनले अफगानिस्तान जिम्बाबेसँगको फेब्रुअरी महिनामाको ५ तारिख देखि १९ तारिखसम्म चल्ने लिमिटेड ओभरको सिरिजको लागि दुबई भ्रमणमा रहदा जनवरी ८ तारिख देखि पदभार सम्हाल्ने क्रिकइन्फोले जनाएको छ।

फोटो – क्रिकइन्फो

सन् १९८७ देखि सन् १९९७ सम्म वेस्ट इन्डिजको राट्रिय टिमको प्रतिनिधित्व गरेका उनले यसभन्दा पहिले वेस्ट इन्डिज र आयरल्याण्डको प्रशिक्षकको भूमिका पनि निर्बाह गरिसकेका छन् भने १ बर्ष अगाडी अफगानिस्तानको लागि ब्याटिंग कन्सल्ट्यान्टको भूमिका समेत निर्बाह गरेका थिए ।

फिल सिमोन्सले वेस्ट इन्डिजको लागि २६ टेस्ट खेलमा १००२ रन बनाउदै ४ विकेट लिएका छन् भने १४३ एकदिवसीयमा ३६७५ रन बनाउदै ८३ विकेट लिएका छन्। साथै उनले भारतीय रास्ट्रीय क्रिकेट टिमको प्रशिक्षकको लागि पनि आबेदन दिएका थिए तर रबि शास्त्री प्रशिक्षक बनेपछि उनि शिर्ष ६ मा पर्दै बाहिरिएका थिए।

(Featured Photo: WICB Media Photo/Philip Spooner)





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]