पिचको कारण रोकियो खेल, टेस्टको भबिस्य अनिश्चित

  • विकेटनेपाल, माघ १२ – शुक्रबार

भारत र दक्षिण अफ्रिकाबिचको तेस्रो टेस्ट क्रिकेटको तेस्रो दिनको खेल रोमान्चक अवस्थामा सकिएको छ।

भारतले दोश्रो पारीमा २४७ रन बनाउदा सबै विकेट गुमाएपछी दक्षिण अफ्रिकाले दोश्रो पारीमा जितको लागि २४१ रनको लक्ष्य पाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले ८.३ ओभरको खेल सम्भव हुँदा १ विकेट गुमाएर १७ रन बनाएको छ र अहिले भारत भन्दा २२४ रनले पछाडी रहेको छ। क्रिजमा एल्गर ११ रनमा तथा हासिम अमला २ रन बनाएर खेलीरहेका छन् भने मोहम्मद शामीले ओपनर मार्क्रम ( ४ रन ) को विकेट लिएका छन् ।

पिचको कारण टेस्ट अनिश्चित 

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको दोश्रो इनिंगको नवौं ओभरको तेस्रो बलमा जस्प्रित बुम्राको बाउन्सरले डीन एल्गरको हेल्मेटमा लाग्यो। त्यो बलपछी केहि समय अन-फिल्ड अम्पायर अलिम आर र इयान गोल्डले पिचको बारे लामो चर्चा गरे जसपछि म्याच रेफ्री एन्डी पाएक्राफ्ट मैदान प्रेबेश गर्दै खेल रोकेका थिए।

त्यसपछि दुवै अम्पायरसंग बिराट कोहली र फाफ डु प्लेसी म्याच रेफ्रीसंग खेललाई निरन्तरता दिने वा नदिने बारे छलफल गर्न गए। त्यसैबेला मैदानमा पानि पर्यो र पिच ढाकियो।

यही अवस्थामा तेश्रो दिनको खेल रोकिंदा खेलले निरन्तरता पाउने नपाउने भन्ने निर्णय आएको छैन। क्रिक्इन्फोका अनुसार भारतीय टिमका ब्यबस्थापक सुनिल सुब्रमन्यमले चौथो दिन बिहान म्याच रेफ्रीले यो बारे निर्णय दिने बताएका छन्।

खेल पछि पत्रकारसंगको कुराकानीमा सुब्रमन्यमले भारतले पिचको अवस्थाबारे गुनासो नगरेको र तिनवटै दिन पिचले एउटै खालको ब्यबहार गरेको बताउदै खेल जारि रहोस् भन्ने भारतीय टिमको चाहना ब्यक्त गरेका छन्।

डीन एल्गरलाई लागेको बलको रिप्ले हेर्दा त्यहाँ पिचले कुनै भूमिका निर्बाह नगरेको तर बुम्राहले सर्टपिच बल गरेको र एल्गरले गलत लाईनमा खेलेको देखिएको छ।

एक्सपर्टहरुले पिच एकदमै खराब भएको तर यदि खेल यो अवस्थामा रोक्नु थियो भने किन भारतीय ब्याट्सम्यानहरुलाई मुस्किल पिचमा खेल्न लगाईयो भन्ने धारणा ब्यक्त गरेका छन् भने कतिपयले खेलाडीको सुरक्षा ठुलो रहेको पनि बताएका छन्।

जोहानेसवर्गमा टस जितेपछि बिराट कोहलीले पहिले ब्याटिंग गर्ने निर्णय गरेका थिए । पिच कठिन भईरहेको अवस्थामा खेलाडीहरुलाई हातका औलामा धेरैपटक लागेको थियो र धेरैजसो अवस्थामा फिजियोको समेत आवस्यकता परेको थियो ।

खेलको कमेन्ट्री गरिरहेका वेस्ट इन्डिजका पुर्वक्रिकेटरले उक्त पिचलाई रेटिंग गर्दा १०० अंकमा मात्र २ अंक प्रदान गरेका थिए।

भारतको इनिंग 

दोश्रो दिनको समाप्तीमा ४९/१ सहित ४२ रनको अग्रता लिएको भारतले तेस्रो दिन कठिन पिचमा उत्कृस्ट ब्याटिंग गर्दै २४७ रनमा सबै विकेट गुमाएपछि घरेलु टोलीलाई जितको लागि २४१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

भारतका लागि जारि सिरिजमा पहिलो खेल खेलिरहेका अजिंक्य रहानेले सर्बाधिक ४८ रन प्रहार गरे भने कप्तान विराट कोहलीले पनि ४१ रनको पारी खेले। रहानेले ६८ बलमा ६ चौका तथा कोहलीले ७९ बलमा ६ चौका प्रहार गरे। मुरली विजयले २५ रन बनाए।

त्यस्तै तल्लोक्रममा पहिलो टेस्टमा उत्कृस्ट खेल देखाएपनि दोश्रो टेस्टमा खेल्न नपाएका भुवनेश्वर कुमारले पनि महत्त्वपूर्ण ३३ रनको पारि खेले भने मोहम्मद शामीले पनि अहिलेसम्म खेलकै एकमात्र छक्का सहित २७ रन प्रहार गरे।

दक्षिण अफ्रिकाका लागि मोर्ने मोर्केल, कगीसो रबाडा र भेर्नान फिलान्डरले ३/३ विकेट हात पारे।

टेस्टमा टस जितेर ब्याटिंग गरेको भारत १८७ रनमै अलआउट भएपछि ब्याटिंग गरेको दक्षिण अफ्रीकाले दोश्रो दिन १९४ रनमा सबै विकेट गुमाएपछि पहिलो इनिंगमा ७ रनको अग्रता लिएको थियो।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]