PM Cup Women’s : प्रदेश नम्बर २ को पहिलो जित, एपीएफ सेमीफाइनलमा, गण्डकी बाहिरियो

विभागीय टीम एपिएफ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । बुधबारको पहिलो खेलमा एपिएफले सुदुरपश्चिमलाई ८९ रनले हराएको हो । लगातार दोस्रो जितसँगै एपिएफ सेमिफाईनल प्रवेश गरेको छ । सुदुरपश्चिमलाई सेमिफाईनल पुग्नका लागि अवको अन्तिम प्रदेश नम्बर २ लाई हराउनु पर्नेछ ।

बुधबारको दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराउँदै सेमिफाईनल प्रवेशको सम्भावना कायम राखेको छ । समुह बी मा दुई खेलमा दुबैमा जित हात पार्दै एपिएफ चार अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । समान दुई खेल खेलेका सुदुरपश्चिम र प्रदेश नम्बर २ को एकमा जित र एकमा हार सहित दुई अंक रहेको छ । रनरेटमा सुदुरपश्चिम प्रदेश दोस्रो स्थानमा रहेको छ भने प्रदेश नम्बर २ तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको गण्डकी प्रदेश दुई खेलमा जित विहीन हुदैं अंक विहीन भएर पुछारमा रहेको छ ।

धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय २८ रन बनायो । एपिएफका लागि ओपनर ईन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए ।

एक सय २९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमको पारी एपिएफको बलिङ सामु टिक्न सकेन् । सुदुरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रन मात्रै बनाउन सक्यो । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुवि पोदारले समान १० रन बनाए । अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपिएफका लागि करुणा भण्डारीले ४ विकेट लिईन् । सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान १ विकेट लिईन् । खेलमा ४ विकेट लिएकी एपिएफकी करुणा भण्डारी प्लेयर अफ द म्याच भईन् ।

प्रदेश नम्बर २ को पहिलो जित, गण्डकी बाहिरियो

समूह ‘बी’ अन्तर्गत बुधबार नै भएको दोस्रो खेलमा भने प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराएको छ । पहिलो खेलमा एपिएफसँग हार व्यहोरेको प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै सेमिफाईनल प्रवेशको सम्भावना जिवितै राखेको हो । लगातार दुई हारसँगै गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकी प्रदेश ३९ रनको झिनो योगफलमा समेटियो । १७ दशमलव १ ओभरमा सबै विकेट गुमाएको गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन नपाउँदा गण्डकीले १३ रन अतिरिक्त पाएको थियो । प्रदेश नम्बर २ का लागि सन्तोषी चौधरीले ३ विकेट लिईन् । त्यस्तै अनुराधा चौधरीले २, रोजी कडारी र सरस्वती चौधरीले समान एक विकेट लिईन् ।

४० रनको विजय लक्ष्य प्रदेश नम्बर २ ले ३ विकेट क्षतिमा भेट्टायो । १० दशमलव ३ ओभरमा जित हात पार्नका लागि ओपनरद्धय साना प्रविन र अनुराधा चौधरीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरिन् । सानाले १३ रन बनाउँदा अनुराधाले १२ रन बनाईन् । गण्डकी प्रदेशका लागि शिला क्षेत्रीले एक विकेट लिईन् । खेलमा प्रदेश नम्बर २ की सरस्वती चौधरी प्लेयर अफ द म्याच भईन् ।
प्रतियोगिता अन्तर्गत बिहीवार लिग चरणका अन्तिम दुई खेल हुनेछन् । लिग चरणका दुबै खेल समुह बी का रहेका छन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश २ खेल्नेछन् । अर्को खेलमा गण्डकी प्रदेश र एपिएफ खेल्नेछन् ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]