दाङमा जारि प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिवार सेमीफाइनल खेलहरु हुँदैछन्।
पहिलो सेमीफाइनलमा विहान ९:१५ बजे विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) र सुदूरपश्चिम प्रदेश तथा दोश्रो सेमीफाइनलमा दिउसो १:१५ बजे प्रदेश-१ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
समुह चरणको खेलमा समुह ‘ए’ विजेताको रुपमा एपीएफ र उपविजेताको रुपमा लुम्बिनी तथा समुह ‘बि’ को विजेताको रुपमा प्रदेश-१ र उपविजेताको रुपमा सुदूरपश्चिम सेमीफाइनल प्रवेश गरेका थिए।
गत संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमलाई एपीएफले ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यो पटक सुदूरपश्चिमले एपीएफलाई आश्चर्य दिन चाहन्छ। गत संस्करण एपीएफले सेमीफाइनलमा प्रदेश-१ को यात्रा समाप्त गरेको थियो। यो पटक उत्कृस्ट लयमा देखिएको रुबिना क्षेत्री कप्तानीको प्रदेश-१ ले लुम्बिनीलाई पराजित गर्न सोहि लय दोहोर्याउनु पर्नेछ।
प्रतियोगिताको फाइनल खेल सोमबार खेलिनेछ।
प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृस्ट खेलाडीले २१ हजार तथा उत्कृस्ट ब्याटिंग र बलिंग गर्ने खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।