कप्तान पोटरफिल्डको बिशाल शतकले युएई पुनः स्तब्ध

  • विकेटनेपाल, पौष ३० – आइतबार 

आयरल्याण्ड, स्कटल्याण्ड र युनाइटेड अरब इमिरेट्स बीच त्रि-दिवसीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत दोश्रो खेलमा पुनः आयरल्याण्ड बिजयी भएको छ।

आईसीसी एकेडेमी मैदान दुबईमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको आयरल्याण्डले पुरा ५० ओभर ब्याटिंग गर्दै ३०१/५ को योगफल तयार गरेको थियो। जवाफमा ब्याटिंग गरेको युएईले ४८.४ ओभरमा सबै विकेट गुमाई २३४ रन मात्रै बनाउन सकेपछि ६७ रनको हार बेहोर्यो।

यस अघि बिहिबार सम्पन्न सिरिजको पहिलो खेलमा युएई आयरल्याण्डसंग ४ विकेटले पराजित भएको थियो।

 आयरल्याण्ड इनिंगमा २ वटा शतक 

आयरल्याण्ड इनिंगमा ओपनर विलियम पोटरफिल्डले १३९ रनको बिशाल शतक बनाए भने तेश्रो नम्बरमा एन्डी बालबर्नी पनि १०२ रन बनाएका थिए। पोटरफिल्डले १४७ बलमा १५ चौका र २ छक्का प्रहार गरे भने बालबर्नी १०९  बलमा १२ चौका र १ छक्का प्रहार गरे। यो क्रममा पोटरफिल्ड र बालबर्नीले दोश्रो विकेटको लागि २०१ रनको बिशाल साझेदारी गरेका थिए। केभिन ओ ब्रायनए २४ तथा पल स्टरलिंगले २० रन योगदान दिए।

बालबर्नी र पोटरफिल्डले दोश्रो विकेटको लागि २०१ रनको बिशाल साझेदारी गरे

ओ-ब्रायनको उत्कृस्ट बलिंग 

केभिन ओ ब्रायनले युएईको ४ विकेट लिंदै युएई मध्यक्रम ध्वस्त बनाएपछि लक्ष पछ्याउने युएई योजना पुरा हुन पाएन। ब्यारी म्याक-कर्थी र एन्डी म्याकब्रिनले २/२ विकेट हात पारे।

मध्येक्रममा रामिज शाहजादले ५० तथा मोहम्मद उस्मानले ४४ रन बनाउदै युएईलाई जिततर्फ डोर्याउने प्रयास गरेपनि ठुलो स्कोर बनाउने चाहना आयरल्याण्ड बलरले पुरा हुन दिएनन्। अश्फाक अहमद र मोहम्मद नाभेदले समान २५ रनको योगदान दिए।

खेलको प्लेयर अफ द म्याच विलियम पोटरफिल्ड घोषित भए।

शृंखला अन्तर्गत मंगलबार आयरल्याण्ड र स्कटल्याण्ड प्रतिस्पर्धा गर्नेछन्।

युएई नेपालसंगै डिभिजन-२ मा घटुवा भएको टिम हो जसले नामिबियामा फेब्रुअरीमा संचालन हुने डिभिजन-२ मा नेपालसंगै, ओमान, क्यानडा, केन्या र नामिबियासंग प्रतिस्पर्धा गर्नेछ। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

नेपाली क्रिकेट टिमले पनि डिभिजन-२ को लागि बन्दसत्र थालीसकेको छ

( फिचर फोटो – www.thenational.ae )





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]