अन्तिम खेलमा पनि हार्याे नेपाल, पूजाले पाइन् स्कुटर

२०८१ माघ २५, शुक्रबार १७:५९

काठमाडौँ । महिला त्रिकोणात्मक टी-२० आई सिरिजको अन्तिम खेलमा नेपाललाई ७ हराउँदै थाइल्यान्डले सिरिज कब्जा गरेको छ।

त्रिवि क्रिकेट मैदानमा शुकबार नेपालले दिएको ८२ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

जितसँगै ६ खेलमा पाँच जितसहित १० अंक जोडेको थाइल्यान्डले सिरिजमा कब्जा जमाएको हो। यता, पराजित नेपालले भने ६ खेलमै पराजय ब्यहाेरेकाे छ।

यताऽ नेपाली महिला टोलीकी अलराउण्डर पूजा महतोले यामाह स्कुटर जितेकी छिन् ।

त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम दिन उत्कृष्ट नेपाली खेलाडीले पाउने यामाह स्कुटर पूजाले प्राप्त गरेकी हुन्। पूजाले सिरिजका ६ खेलमा १३४ रन बनाइन् भने ३ विकेट हात पारिन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy