जडेजा नं. १ टेस्ट अलराउण्डर, हेर्नुस आईसीसी बरियतामा को कति नम्बरमा

  • विकेटनेपाल, २३ साउन

श्रीलंकासंग टेस्ट सिरिजमा उत्कृस्ट प्रदर्शन गरिरहेका रबिन्द्र जडेजा टेस्ट क्रिकेटको नम्बर १ बलर मात्रै हैन अब नम्बर १ अलराउण्डर समेत बनेका छन् l

आईसीसीको नयाँ टेस्ट बरियतामा बंगलादेशी स्टार शकिब अल हसनलाई पछि पार्दै जडेजा पहिलो पटक नम्बर १ अलराउण्डर बनेका हुन् l जडेजा ४३८ पोइन्ट सहित नम्बर १ मा छन् भने शकिबको ४३१ पोइन्ट छ l

यस्तै बलिंगतर्फ पनि जडेजा टेस्टमा ८९३ पोइन्ट सहित नम्बर १ बलरमा कायम छन् भने इंग्ल्याण्ड बलर जेम्स एण्डरसन ८६० अंक सहित दोश्रो नम्बरमा छन् l श्रीलंकासंग जारि टेस्ट सिरिजको दोश्रो खेलमा जडेजा म्यान अफ द म्याच घोषित हुने क्रममा ७० रन बनाउनुको साथै ७ विकेट पनि हात पारेका थिए l

बरियतामा राज गरिरहेका जडेजा श्रीलंकासंग दोश्रो टेस्टमा आईसीसीको अनुसासन कारबाहीमा परेपछि तेश्रो टेस्ट खेल्न नपाउने गरि प्रतिबन्धमा परेका छन् l

अलराउण्ड बरियतामा रविचन्द्रन आश्विन नम्बर ३ मा छन् भने मोईन अलि ४ र बेन स्टोक्स पाँचौ स्थानमा छन् l

स्टिभ स्मिथ नम्बर १ 

अस्ट्रेलिया कप्तान स्टिभ स्मिथ ९४१ रेटिंग पोइन्ट सहित टेस्ट बरियतामा नम्बर १ मा तथा इंग्ल्याण्ड ब्याट्सम्यान जोए रुट ८९१ पोइन्ट सहित दोश्रो स्थानमा यथावत् रहेका छन् l श्रीलंकासंग शतकीय प्रदर्शन गरेपप्ची भारतीय ब्याट्सम्यानद्वय चेतेश्वर पुजारा र अजिंके रहानेले बरियतामा सुधार गरेका छन् l पुजार ८८८ अंक सहित तेश्रो तथा अजिंके रहाने ५ स्थान उक्लदै छैठौं स्थानमा रहेका छन् l

भारतीय कप्तान बिराट कोहली पाँचौ स्थानमा तथा न्युजिल्याण्ड ब्याट्सम्यान केन विलियमसन चौथो स्थानमा यथावत् रहेका छन् l

टेस्ट बरियता ( ब्याटिंग ) 

ब्याट्सम्यान / रेटिंग पोइन्ट

१. स्टिभ स्मिथ ( अस्ट्रेलिया ) , ९४१
२. जोए रुट ( इंग्ल्याण्ड ) , ८९१
३. चेतेश्वर पुजार ( भारत ) , ८८८
४. केन विलियमसन ( न्युजिल्याण्ड ) , ८८०
५. बिराट कोहली ( भारत ) , ८१३
६. अजिंके रहाने ( भारत ) , ७७६
७. जे. बेयरस्टो ( इंग्ल्यान्ड ) , ७७२
८. अजहर अलि ( पाकिस्तान ) , ७६९
९. हासिम आम्ला ( द. अफ्रीका  ) , ७६४
१०. डेभिड वार्नर  ( अस्ट्रेलिया ) , ७५९

टेस्ट बरियता ( बलिंग ) 

१. रबिन्द्र जडेजा ( भारत ) , ८९३
२. जेम्स एण्डरसन ( इंग्ल्यान्ड ) , ८६०
३. र. आश्विन ( भारत ) , ८४२
४. जे. हेजलवुड ( अस्ट्रेलिया ) , ८२६
५. रंगना हेराथ ( श्रीलंका ) , ८१७
६. कासिगो रबाडा ( दक्षिण अफ्रीका ) , ७८५
७. स्टुवार्ट ब्रोड ( इंग्ल्यान्ड ) , ७७५
८. डेल स्टेन ( दक्षिण अफ्रीका ) , ७६३
९. फिलाण्डर ( ( दक्षिण अफ्रीका ) , ७५१
१०. निल वाग्नर ( न्युजिल्याण्ड ) , ७४५

टेस्ट बरियता ( अलराउण्डर ) 

१. रबिन्द्र जडेजा ( भारत ) , ४३८
२. शकिब अल हसन ( बंगलादेश ) , ४३१
३. रबिचन्द्र आश्विन ( भारत ) , ४१८
४. मोईन अलि ( इंग्ल्यान्ड ) , ४०९
५. बेन स्टोक्स ( ( इंग्ल्यान्ड ) , ३६०





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]