नम्बर १ टेस्ट बलर रबिन्द्र जडेजा निलम्बनमा

  • विकेटनेपाल, २२ साउन

आईसीसीको कोड अफ काण्डक्ट उल्लङ्घन गरेपछि बिश्व नम्बर १ टेस्ट बलर रबिन्द्र जडेजा निलम्बनमा परेका छन् l

जडेजा १ टेस्टको निलम्बनमा परेका हुन् त्यसकारण श्रीलंकासंग १२ अगस्टमा हुने तेश्रो टेस्ट खेल्न पाउने छैनन् l

पछिल्लो २ बर्षमा जडेजाबिरुद्द्ध ६ वटा डिमेरिट पोइन्ट ( खेल भावना बिपरित काम गर्दा नकारात्मक अंक ) दर्ता भइसकेको थियो l त्यसैले आईसीसीले आफ्नो धारा २.२.८ को अन्तर्गत उनलाई दोषी ठहर्याउदै १ टेस्टको प्रतिबन्ध, म्याच फिको ५० प्रतिशत जरिवाना तथा ३ वटा डिमेरिट पोइन्ट दिएको हो l

धारा २.२.८ मा खेलको दौरान खेलाडी, अम्पायर, समर्थक या म्याच रेफ्रीलाई बल या अरु कुनै बस्तु जस्तै पानिको बोतल लगायत फ्याँक्न नपाइने उल्लेख छ l

पचिल्ल्लो कोलम्बो टेस्टको तेश्रो दिन जडेजाले श्रीलंकाको दोश्रो पारिको ५८ औं ओभरमा बलिंग गरेपछि आफुतिर आएको बलले क्रिजमा रहेका श्रीलंकन ब्याट्सम्यान दिमुथ करुनारत्नेलाई अनावस्यक थ्रो गरेका थिए जुनबेला ब्याट्सम्यानको रन लिने कुनै मनसाय थिएन l

अम्पायर रड टकरले म्याच रेफ्री रिची रिचार्डसनलाई जडेजाको हर्कतबारे रिपोर्ट गरेका थिए l

जडेजाले आफुले गल्ति गरेको स्विकारीसकेका छन् l

यो निलम्बन पछि जडेजाको कुल ६ वटा डिमेरिट पोइन्ट भइसकेको छ l यदी २४ महिनाभित्र यो संख्या ८ या त्यो भन्दा बढी भयो भने जडेजालाई २ वटा टेस्ट, ४ वटा वानडे अन्तर्राष्ट्रिय तथा ४ वटै टि-२० अन्तर्राष्ट्रिय खेल्न प्रतिबन्ध हुनेछ l

जडेजाले २.२.११ धारा अन्तर्गत सन् २०१६ अक्टोबरमा न्युजिल्याण्ड बिरुद्ध इन्दोर टेस्टमा पनि डिमेरिट पोइन्ट पाएका थिए l त्यो बेला उनलाई २ पटक अधिकारिक चेतावनी दिईएको थियो किनकि उनले ४ पटक पिचमा रहेको प्रतिबन्धित क्षेत्रमा छिरेर नोक्सान गरेका थिए l

कोलम्बो टेस्टमा जडेजाले उत्कृस्ट प्रदर्शन गर्दै दोश्रो इनिंगमा ५ विकेट गरि कुल ७ विकेट तथा ब्याटिंग तर्फ पनि ७० रन बनाउदै म्यान अफ द म्याच चुनिएका थिए l जडेजाको प्रतिबन्ध भारतको लागि नोक्सानी हुने पक्का छ l

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy