बैंगलोरद्वारा हैदराबाद पराजित, प्लेअफको सम्भावना रोमान्चक

  • विकेटनेपाल, जेठ ४ – शुक्रबार

इन्डियन प्रिमियर लिग अन्तर्गतको ५१ औं खेलमा रोयल च्यालेंजर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई अन्तिम ओभरमा १५ रनले पराजित गर्यो ।

आजको खेलमा बैंगलोरले जित निकालेपछि प्लेअफ पुग्ने संभावना रोमान्चक बनेको छ । चेन्नाई सुपरकिंग्स र सनराइजर्स हैदराबाद यसअघि नै प्लेअफमा छनौट भईसकेका छन् दिल्ली डेयरडेभिल्स बाहिरिसकेको छ । प्लेअफका अन्य २ स्थानको लागि ५ टिम हरुमध्य सबैको सम्भावना उस्तै रहेको छ ।

आज भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१८ रन बनाएको थियो । उसका लागि एबी डी भिल्लियर्सले ६९ रन (३९ बल, १२ चौका, १ छक्का) र मोईन अलिले ६५ रन (३४ बल, २ चौका, ६ छक्का) प्रहार गर्दै तेस्रो विकेटको लागि १०८ रनको साझेदारी गरेका थिए । त्यसपछि कोलिन डी ग्राण्डहोमले ४० रन (१७ बल, १ चौका, ४ छक्का) तथा सरफराज खानले अविजित २२ रन (८ बल, ३ चौका, १ छक्का) हानेका थिए ।

बलिंगतर्फ हैदराबादका लागि राशिद खानले ४ ओभरमा २७ रन खर्चेर विराट कोहली, एबी डी भिल्लियर्स र मोईन अलिलाई आउट गरेका थिए । तर भुवनेश्वर कुमारलाई आराम दिएर उनको ठाउँमा खेलाएका बसिल थम्पीले आईपिएल ईतिहासकै खराब बलिंग प्रदर्शन गर्दै ४ ओभरमा ७० रन खर्चिए ।

जवाफमा लक्ष्य पछ्याएको हैदराबादले कप्तान केन विलियम्सन र मनिष पाण्डेको १३५ रनको साझेदारीका बाबजुत ३ विकेट गुमाएर २०४ रनमात्र बनायो । विलियम्सनले ८१ रन (४२ बल, ७ चौका, ५ छक्का) र पाण्डेले अविजित ६२ रन (३८ बल, ७ चौका, २ छक्का) बनाए । यस्तै एलेक्स हेल्सले ३७ रन (२४ बल, २ चौका, ३ छक्का) हानेका थिए । बैंगलोरको लागि युज्वेंद्र चहल, मोहम्मद सिराज र मोईन अलिले १/१ विकेट लिए ।

अन्तिम ४ ओभरमा हैदराबादलाई जितको लागि ५५ रन आबश्यक रहेको थियो भने क्रिजमा सेट भईसकेका विलियम्सन र पाण्डे थिए । तर १७ औं ओभर बलिंग गरेका टिम साउथीले मात्र ६ रन खर्चे भने १८औं ओभरमा मोहम्मद सिराजले १४ रन खर्चेपछी जितको लागि ३५ रन आबश्यक थियो । त्यसपछि १९ औं ओभर बलिंग गरेका साउथीले १५ रन खर्चिदा अन्तिम ओभरमा २० रन प्रहार गर्दै हैदराबादले खेल जित्ने सम्भावना देखिएको थियो । तर अन्तिम ओभरमा विलियम्सनलाई बाउन्ड्रीमा कोहलीको हातबाट आउट गराएपछी थप ५ रन खर्चिदै मोहम्मद सिराजले बैंगलोरलाई जित दिलाए ।

केन विल्लियम्सनलाई आउट गरेपछि खुसि मनाउंदै मोहम्मद सिराज

खेलमा एलेक्स हेल्सलाई आउट गर्न बाउन्ड्रीमा खतरा क्याच गरेका तथा ब्याटिंगमा महत्त्वपूर्ण योगदान दिएका एबी डी भिल्लियर्स म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]