कप्तान रित गौतमको शतकमा नेपालको बिशाल स्कोर

  • विकेटनेपाल, २८ मङ्सिर – बिहिबार 

कप्तान रित गौतमले शतक तथा प्रतिस जिसी र तृत राज दासले विस्फोटक इनिंग खेलेपछि नेपालले एसीसी यु-१६ इस्टर्न कपको तेश्रो खेलमा म्यानमारलाई ३५१ रनको बिशाल लक्ष प्रस्तुत गरेको छ। स्कोरकार्ड 

पहिलो शतक प्रहार गरेका रितले अविजित १०६ रन बनाए जसको लागि उनले मात्र ७८ बलमा १२ चौका प्रहार गरेका थिए। तृत दासले ३ चका र ७ चौका प्रहार गर्दै ६४ रनको विस्फोटक इनिंग खेलेका थिए। यस्तै प्रतिस जिसीले पनि मात्र ३१ बलमा १० चौका र १ छक्का मदतल ६३ रन बनाउदै नट आउट रहे।

थाईल्याण्डमा जारि प्रतियोगिता अन्तर्गत टेर्ड थाई मैदानमा टस जितेर ब्याटिंग गरेको नेपालले सुरुवात देखि आक्रामक ब्याटिंग गरेको थियो। ओपनर कुशल मल्लले ३ छक्का र ३ चौका प्रहार गर्दै ३६ रनको इनिंग खेल्दै नेपाललाई उत्कृस्ट सुरुवात दिलाएका थिए। अर्का ओपनर सुवास ऐयरल १७ रन योगदान दिंदा पहिलो विकेटको लागि कुशल र सुबासले ५४ रनको साझेदारी गरेका थिए।

रित गौतम

रित गौतम र बिशाल बिक्रम केसीले तेश्रो विकेटको लागि ७० रनको साझेदारी गरे। बिशाल ४२ रन ( ३२ बल, ७ चौका ) बनाएर आउट भए। बिशालको विकेट पछि कप्तान रित र तृत राज दासले चौथो विकेटको लागि ९९ रनको साझेदारी गरेका थिए। तृत आउट भएपछि नारायण जोशी ( ० ) र अमित कुमार यादब ( ० ) ले लगातार विकेट गुमाएका थिए।

तृतराज दास
प्रतिस जिसी

छैठौं विकेट गुमेपछि ब्याटिंग गर्न आएका प्रतिस जिसी र रित गौतमले सातौ विकेटकको लागि अविजित ११२ रनको साझेदारी गर्दै नेपाललाई बिशाल स्कोर तर्फ डोर्याएका थिए।

निकै महंगा साबित भएका म्यानमार बलरको तर्फबाट हेन औंगले सर्बाधिक ३ विकेट लिने क्रममा ७ ओभरमा ७० रन खर्चिएका थिए। यस्तै  क्याउ मिन, ए मोए र फ्यो ओले १/१ विकेट हात पारे।

नेपाल समुह चरणको पहिलो २ खेलमा थाईल्याण्ड र हंगकंगलाई पराजित गर्दै यस अघिनै प्रतियोगिताको सेमीफाइनल प्रवेश गरिसकेको छ भने म्यानमार यस अघि खेलेको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको टोलि हो।

स्कोरकार्ड 

हेर्नुस खेलको फोटोहरु 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy