३५ बलमै शतक प्रहार गर्दै रोहितको बिश्व किर्तिमान

  • विकेटनेपाल, पौष ७ – शुक्रबार

भारत र श्रीलंकाबीच जारी तिन टी-२० सिरिजको दोश्रो खेलमा ३५ बलमा शतक प्रहार गर्दै रोहित शर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्डमा बराबरी गरेका छन्।

उनले ११८ रनको पारी खेल्ने क्रममा ४३ बलमा १२ चौका र १० छक्का प्रहार गरेका थिए। बिराट कोहलीको अनुपस्थितिमा भारतको कप्तानी समेत गरिरहेका रोहितको इनिंगको मदतले खेलमा पहिले ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाई २६० रनको स्कोर तयार गरेको छ। लोकेश राहुलले पनि ४९ बलमा ८९ रनको योगदान दिएका छन् जसले ८ छक्का र २ चौका प्रहार गरेका थिए।

रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटको लागि १६५ रनको साझेदारी गरे (फोटो: बिसिसीआई)

यो रेकर्ड यसभन्दा अगाडी दक्षिण अफ्रिकाका डेविड मिलरको नाममा रहेको थियो जसले बंगलादेश बिरुद्दको टी-२० मा ३५ बलमा नै शतक प्रहार गरेका थिए। साथै रोहितको नाममा अब टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक रहेका छन्, यस भन्दा अघि उनले सन् २०१५ मा दक्षिण अफ्रिका बिरुद्द पहिलो शतक बनाउने क्रममा १०६ रनको पारि खेलेका थिए ।

छिटो शतक प्रहार गर्ने खेलाडी ( टि-२० अन्तर्राष्ट्रिय ) 

३५ बल – रोहित शर्मा ( भारत ) र डेभिड मिलर  ( दक्षिण अफ्रीका )
४५ बल – रिचर्ड लेभी ( दक्षिण अफ्रीका )
४६ बल – लोकेश राहुल ( भारत )
४७ बल – क्रिस गेल ( वेस्ट इन्डिज ) , आरोन फिन्च ( अस्ट्रेलिया )
४८ बल – इभिन लुइस ( वेस्ट इन्डिज )
४९ बल – ग्लेन म्याक्सवेल ( अस्ट्रेलिया )
५० बल – बाबर हायात ( हंगकंग )

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने खेलाडीहरुको सुचिमा क्रिस गेल, ब्रेन्डन म्याकलम, ईभान लुइस, कोलिन मुन्रोको नाममा २/२ अन्तर्राष्ट्रिय शतक रहेका छन् र रोहित शर्माले पनि आफ्नो दोश्रो शतकसँगै यो लिस्टमा आफ्नो नाम लेखाएका छन् ।

रोहित शर्माको शतक तथा लोकेश राहुलको ४९ बलमा ८९ रनको मद्दतले भारतले २६०/५ को योगफल तयार पारेको थियो जुन टी-२० अन्तर्राष्ट्रियमा सर्बाधिक दोश्रो सँगबराबर रहेको छ । शिर्ष स्थानमा २६३/३ रहेको छ जुन अस्ट्रेलियाले श्रीलंकाबिरुद्द २०१६ मा बनाएको थियो भने दोश्रो स्थानमा श्रीलंकाले केन्या बिरुद्द २००७ मा बनाएको २६०/५ रहेको छ।

गतहफ्ता मात्रै रोहितले श्रीलंकासंग एकदिवसीय शृंखलामा करियरको तेश्रो दोहोरो शतक प्रहार गरेका थिए। अविजित २०८ रन बनाउने क्रममा उनले त्यस खेलमा १५३ बलमा १३ चौका र १२ छक्का प्रहार गरेका थिए। बिस्तृतमा पढ्नुस

रोहितको शतकको भिडीयो हेर्न क्लिक गर्नुस 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]