रोहितको शतकमा भारतको जित

  • विकेटनेपाल, पौष ८ – शनिबार

भारत र श्रीलंकाबीचको ३ खेलको टी२० अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा रोहित शर्माले शतक प्रहार गरेपछि भारतले श्रीलंकामाथि ८८ रनको फराकिलो जित दर्ता गरेको छ ।

होल्कार मैदान दिल्लीमा शुक्रबार भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २६० रन बनाएको थियो । उसका लागि रोहित शर्माले आफ्नो टी२० अन्तर्राष्ट्रिय करियरको दोश्रो शतक प्रहार गरे । ११८ रनको पारि खेलेका उनले ४३ बल सामना गर्दा १२ चौका र १० छक्का प्रहार गरेका थिए ।

त्यस्तै लोकेश राहुलले पनि पहिलो विकेटको लागि रोहित शर्मासँग १६५ रनको साझेदारी गर्नेक्रममा ८९ रनको पारि खेले जसमा ४९ बलमा ५ चौका र ८ छक्का सामेल थियो ।

जवाफमा उत्रेको श्रीलंकाको लागि कुशल परेरा र उपुल थारंगाले क्रमश: ७७ रन र ४७ रनको पारि खेलेपछि कुनै समय १४५/१ को अवस्थामा रहेको थियो । परेराले ३७ बलमा ४ चौका र ७ छक्का हान्दा थारंगाले २९ बलमा ३ चौका र २ छक्का हाने ।

भारतीय स्पिनर कुलदिप यादव र युज्बेन्द्र चाहलले ७ विकेट झारेपछि श्रीलंका थप २७ रन जोड्दा श्रीलंकाले सबै विकेट गुमाउदै १७.२ ओभरमा मात्र १७२ रन बनाउन सक्यो र ८८ रनले पराजित भयो । चाहलले ५२ रन खर्चेर ४ विकेट लिदा, यादवले पनि समान ५२ रन खर्चेर ३ विकेट लिए ।

जित सँगै ३ खेलको सिरिजमा भारतले २-० ले अग्रता लिएको छ ।

३५ बलमै शतक प्रहार गर्दै रोहितको बिश्व किर्तिमान

भारत र श्रीलंकाबीच जारी तिन टी-२० सिरिजको दोश्रो खेलमा ३५ बलमा शतक प्रहार गर्दै रोहित शर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्डमा बराबरी गरेका छन्।

उनले ११८ रनको पारी खेल्ने क्रममा ४३ बलमा १२ चौका र १० छक्का प्रहार गरेका थिए। बिराट कोहलीको अनुपस्थितिमा भारतको कप्तानी समेत गरिरहेका रोहितको इनिंगको मदतले खेलमा पहिले ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाई २६० रनको स्कोर तयार गरेको छ। लोकेश राहुलले पनि ४९ बलमा ८९ रनको योगदान दिएका छन् जसले ८ छक्का र २ चौका प्रहार गरेका थिए।

रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटको लागि १६५ रनको साझेदारी गरे (फोटो: बिसिसीआई)

यो रेकर्ड यसभन्दा अगाडी दक्षिण अफ्रिकाका डेविड मिलरको नाममा रहेको थियो जसले बंगलादेश बिरुद्दको टी-२० मा ३५ बलमा नै शतक प्रहार गरेका थिए। साथै रोहितको नाममा अब टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक रहेका छन्, यस भन्दा अघि उनले सन् २०१५ मा दक्षिण अफ्रिका बिरुद्द पहिलो शतक बनाउने क्रममा १०६ रनको पारि खेलेका थिए ।

छिटो शतक प्रहार गर्ने खेलाडी ( टि-२० अन्तर्राष्ट्रिय ) 

३५ बल – रोहित शर्मा ( भारत ) र डेभिड मिलर  ( दक्षिण अफ्रीका )
४५ बल – रिचर्ड लेभी ( दक्षिण अफ्रीका )
४६ बल – लोकेश राहुल ( भारत )
४७ बल – क्रिस गेल ( वेस्ट इन्डिज ) , आरोन फिन्च ( अस्ट्रेलिया )
४८ बल – इभिन लुइस ( वेस्ट इन्डिज )
४९ बल – ग्लेन म्याक्सवेल ( अस्ट्रेलिया )
५० बल – बाबर हायात ( हंगकंग )

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने खेलाडीहरुको सुचिमा क्रिस गेल, ब्रेन्डन म्याकलम, ईभान लुइस, कोलिन मुन्रोको नाममा २/२ अन्तर्राष्ट्रिय शतक रहेका छन् र रोहित शर्माले पनि आफ्नो दोश्रो शतकसँगै यो लिस्टमा आफ्नो नाम लेखाएका छन् ।

रोहित शर्माको शतक तथा लोकेश राहुलको ४९ बलमा ८९ रनको मद्दतले भारतले २६०/५ को योगफल तयार पारेको थियो जुन टी-२० अन्तर्राष्ट्रियमा सर्बाधिक दोश्रो सँगबराबर रहेको छ । शिर्ष स्थानमा २६३/३ रहेको छ जुन अस्ट्रेलियाले श्रीलंकाबिरुद्द २०१६ मा बनाएको थियो भने दोश्रो स्थानमा श्रीलंकाले केन्या बिरुद्द २००७ मा बनाएको २६०/५ रहेको छ।

गतहफ्ता मात्रै रोहितले श्रीलंकासंग एकदिवसीय शृंखलामा करियरको तेश्रो दोहोरो शतक प्रहार गरेका थिए। अविजित २०८ रन बनाउने क्रममा उनले त्यस खेलमा १५३ बलमा १३ चौका र १२ छक्का प्रहार गरेका थिए। बिस्तृतमा पढ्नुस

रोहितको शतकको भिडीयो हेर्न क्लिक गर्नुस 

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]