- विकेटनेपाल, २७ मङ्सिर
भारतीय क्रिकेटर रोहित शर्माले करियरको तेश्रो दोहोरो शतक प्रहार गरेका छन्।
श्रीलंकासंग जारि एकदिवसीय शृंखला अन्तर्गत दोश्रो एकदिवसीयमा ओपनिंग ब्याटिंग गरेका रोहितले अविजित २०८ रन बनाउदै बिश्व क्रिकेटमा तेश्रो दोहोरो शतक बनाउने किर्तिमान बनाएका छन्।
रोहित एक्लैले २०८ रन बनाएपछि भारतले पहिलो इनिंगमा ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट मात्रै गुमाई ३९२ रन बनाएको छ। भारतको लागि डेब्यु गरेका श्रेयस ऐएरले ८८ रन योगदान दिए भने शिखर धवनले ६८ रन बनाए। धोनी ७ रन तथा हार्दिक पाण्डे ८ रन बनाएर आउट भए।
बिराट कोहलीको सट्टा खेलमा कप्तानी गरेका रोहितले १५३ बल खेल्दै १३ चौका र १२ छक्का प्रहार गर्दै २०८ रन बनाए। यस क्रममा उनले शिखर धवनसंग पहिलो विकेटको लागी ११५ रनको, दोश्रो विकेटको लागि ऐएरसंग २१३ रनको साझेदारी गरेका थिए।
पहिलो ५० रन पूरा गर्न रोहितले ६५ बल लगाएका थिए भने १०० रन ११५ बलमा पूरा गरेका थिए। त्यसपछि आफ्नो गेर परिवर्तन गरेका रोहितले १५० रन १३३ बलमा पूरा गरेका थिए भने खेलको अन्तिम ओभरमा दोहोरो शतक पुरा गर्न उनले १५१ बल लगाएका थिए।
४९ ओभर सकिंदा रोहितको स्कोर १९१ रन थियो। ५० औं ओभरको पहिलो बलमा थिसारा परेराको बलमा छक्का प्रहार गरेका रोहितले दोश्रो बलमा २ रन लिंदै स्कोर १९९ पुर्याएका थिए। लगत्तै तेश्रो बलमा २ रन लिंदै रोहितले ऐतिहासिक दोहोरो शतक पूरा गरेका थिए। दोहोरो शतक पूरा गरेपछि उनले हावामा उफ्रदै सेलिब्रेट गरेका थिए।
दोहोरो शतक बनाउने ब्याट्सम्यानहरु
एकदिवसीय क्रिकेटमा पहिलो पटक सन २०१० मा सचिन तेन्दुलकरले दक्षिण अफ्रीका बिरुद्ध पहिलो पटक दोहोरो शतक ( २००* ) पूरा गरेका थिए। त्यसपछि बिरेन्द्र सेहवागले सन २०११ मा वेस्ट इन्डिज बिरुद्ध दोहोरो शतक ( २१९ ) पूरा गरेका थिए। सन् २०१३ मा रोहित शर्माले अस्ट्रेलियाबिरुद्ध २०९ रनको इनिंग खेलेका थिए भने २०१४ मा श्रीलंका बिरुद्ध २६४ रनको इनिंग खेल्दै दोश्रो दोहोरो शतक पूरा गरेका थिए। त्यसपछि २०१५ मा क्रिस गेलले जिमबे बिरुद्ध दोहोरो शतक ( २१५ ) प्रहार गरेका थिए। मार्टिन गुप्तिल ले २०१५ मै वेस्ट इन्डिज बिरुद्ध २३७ रनको इनिंग खेलेका थिए।
रोहित शर्माको यो शतक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं दोहोरो शतक हो।
दोहोरो शतकको भिडियो हेर्न- लिंक क्लिक गर्नुस्
हेर्नुस् फोटोहरु –
( फोटो – बिसीसीआई )